Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

विवाह लगत्तै विदेशी बुहारीले नेपाली नागरिकता पाउने व्यवस्थाप्रति राष्ट्रिय सभा अध्यक्षको आपत्ति


काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले विवाह लगत्तै विदेशी बुहारीले नेपाली नागरिकता पाउने व्यवस्थाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार राजधानीमा भएको एक कार्यक्रममा उनले विवाह लगत्तै विदेशी बुहारीले नागरिकता पाउने व्यवस्थासहितको ऐन विवादकाबीच बनेको बताएका छन् ।

‘विदेशी महिलाले नेपालीसँग विवाह गरेलगत्तै नेपाली नागरिकता पाउने व्यवस्था विवादका बीच पास भएको छ,’ अध्यक्ष तिमिल्सिनाले भने । भारतमा विवाह भएर गएर बसोबास गरेको ७ वर्षपछि मात्रै नागरिकता प्राप्तिको प्रक्रिया अगाडि बढाउन सक्ने ब्यवस्था रहेको पनि स्मरण गरे ।

नेपालीहरुको विवाह भारत र चीनमा समेत हुने गरेको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले थपे, ‘ठुलो जनसंख्या भएका छिमेकी छन । छिमेकीसँग कहिलेकाहीँ हुने खटपटले भोलि समस्या ल्याउछ कि, भोलि राष्ट्रियतामा खलल पुर्‍याउँछ कि भन्ने आशंका गरिन्छ ।’

त्यस्तै, राष्ट्रिय सभाकी अर्की सदस्य अनिता देवकोटाले छोरा र छोरीको बिचमा विभेद रहेको बताइन । ‘छोराले विहे गरेर ल्याउनेलाई तुरुन्तै नागरिकता दिन्छौ । छोरीले विवाह गरेर ल्याउनेलाई दिदैनौं । यो छोरा र छोरीको विभेद हो,’ उनले भनिन ।

सम्पत्तिमा समान हक स्थापित नहुँदा छोरी विवाह गरेर पुरुषको घरमा जाने प्रचलन रहन गएको उल्लेख गर्दै उनले सम्पत्तिमा समान हक स्थापित गर्न सक्दा धेरै समस्याहरु समाधान हुँदै जाने बताइन् ।

उक्त कार्यक्रममा राष्ट्रिय सभाकी सदस्य बिमला राई पौडेलले छोरीलाई विश्वास नगर्ने तर बुहारीलाई विश्वास गर्ने कानुनी व्यवस्था रहेको बताइन् ।

‘भारतमा विवाह गरेर जाने नेपाली छोरीले त्यो देशको नागरिक पाउन सात वर्ष कुर्न पर्छ । त्यही देशबाट नेपाली पुरुषसँग विवाह गर्ने महिला (बुहारी) ले तुरुन्तै नागरिकता पाउने व्यवस्था हामीले नै पास गरेर पठायौँ,’ उनले थपिन्, ‘हामी विचरा माननीयहरु प्रभु रिसाउँछन भनेर विभेद रहेको जान्दा जान्दै पनि ठप्पा (समर्थन) लगाउन बाध्य छौँ । दलको ह्वीपको नाममा हामी सांसदका हात बाँधिएका छन् ।”


प्रकाशित मिति: ३ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?