Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

श्रीलंकाका विदेशमन्त्री भोलि काठमाडौं आउँदै


काठमाडौं। श्रीलंकाका विदेशमन्त्री अली साब्री नेपाल आउने भएका छन् । उनी नेपाल-श्रीलङ्का संयुक्त आयोगको बैठकमा सहभागी हुन भोलि काठमाडौँ आउन लागेका हुन् ।

संयुक्त आयोगको बैठकमा व्यापार तथा लगानी, पर्यटन, शिक्षा, रक्षा, संस्कृति, जनस्तरको सम्पर्क एवं कनेक्टिभिटीलगायत दुई देशका द्विपक्षीय सहकार्यका विषयमा छलफल हुने श्रीलंकाली विदेश मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदको औपचारिक निमन्त्रणामा उनी तीन दिने नेपाल भ्रमणमा आउन लागेको श्रीलङ्काको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको हो । ‘संयुक्त आयोगको उद्घाटन सत्रमा सहभागी हुन विदेशमन्त्री साब्री नेपालको भ्रमणमा जान लागेका हुन्,’ विज्ञप्तिमा भनिएको छ ।

सो बैठकपछि विज्ञान, प्रविधि तथा अन्वेषणका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी-पत्रमा हस्ताक्षरसमेत हुने कार्यक्रम रहेको छ भने श्रीलंकाली विदेशमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्नेछन् । उनी तीन दिने भ्रमण सकेर शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।


प्रकाशित मिति: ३ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?