Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

भ्रम पैदा गर्ने राजनीतिक दल दीगो हुँदैनः अर्थमन्त्री डा. महत


विदुर । क्षणभरमा महत्वकांक्षा पूरा गर्ने उद्देश्य लिएको राजनीतिक दल दीगो नबन्ने नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले स्पष्ट पार्नुभयो । नेपाली कांग्रेस नुवाकोटको प्रथम जिल्ला सम्मेलनको उद्घाटन समारोहमा बोल्दै मन्त्री डा. महतले भन्नुभयो, ‘यो हामीले बुझिराखौं, भ्रम पैदा गर्ने राजनीति दल दीगो हुँदैन ।’

‘अप्ठ्यारो पर्यो भने, अधिकारमाथि आक्रमण भयो भने निरन्तर लागिरहने र धैर्यता भएको राजनीतिक दल नेपाली कांग्रेस हो भनेर आम नागरिकलाई हामीले बुझाउनुपर्छ’, मन्त्री डा. महतले भन्नुभयो, ‘सामाजिक सञ्जालको जमाना छ, केही मानिसलाई गालीगलोज गर्न लगाउनुहोस् त्यसबाट केही हुनेवाला छैन । केही गर्नका लागि धैर्यता, जाँगर, समपर्ण र इमान्दारिता चाहिन्छ । त्यो नेपाली कांग्रेसमा मात्र छ ।’

मन्त्री डा. महतले भन्नुभयो, ‘अहिले विचलित हुनुपर्ने कारण छैन, निरन्तर बगिरहने त्रिशुली नदीजस्तै हो– नेपाली कांग्रेस । समस्या कांग्रेसभित्र पनि रहेको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, ‘आफ्नैलाई शत्रु देख्ने, अरुलाई मित्र देख्ने ठूलो समस्या कांग्रेसभित्र छ ।’ कांग्रेससँग धेरै पुस्ता जोडिएका छन्, लामो समयसम्म उठबस हुँदा उही अनुहार देखिन्छ, पार्टीभित्र प्रतिस्पर्धा पनि हुन्छ, निर्वाचन पनि वडासम्म पुग्छ । हारेको, हराएको अनुभूति हुन्छ । त्यसलाई हामी मनभित्र कसेर राख्छौं । त्यसपछि आफ्नैलाई शत्रु देख्ने खतरनाक प्रवृत्ति रहेको मन्त्री डा. महतले स्पष्ट पार्नुभयो ।

वास्तवमा पार्टीभित्रको आन्तरिक लोकतन्त्र स्थापित गरौं भनेर त्यसो गरिएको हो । आन्तरिक शत्रुता, वैमन्शता बढाउन आन्तरिक प्रतिस्पर्धा नगरिएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले नुवाकोटमा पनि यो परम्पराको शृङ्खला लामै भएको बताउनुभयो । पार्टीकै प्रतिनिधि सत्तामा पुगेको, इमान्दारिताका साथ काम गरिराखेको, परिणाम पनि ल्याइराखेको छ, त्यसलाई अपनत्व लिनुको सट्टा प्रश्नै मात्र गरेर सर्वसाधारणलाई दिग्भ्रमित पार्ने काम भएको उहाँले बताउनुभयो । कांग्रेसले नै गरेको काम कांग्रेसले नै नकार्ने काम भएको भन्दै उहाँले स्पष्ट पार्नुभयो ।

आफूले पार्टीभित्र कसैलाई लान्छाना नलगाएको, आरोप–प्रत्यारोप नगरेको, अरु खराब, म राम्रो भन्दिनँ, यस्ता कुरा भन्नुपर्यो भने सार्वजनिक ठाउँमा होइन, पार्टीले बोल्न दिएको ठाउँमा मात्र बोल्छु भन्दै मन्त्री डा. महतले भन्नुभयो, ‘यस्ता कुराले पार्टी र व्यक्तिलाई हित गर्दैन ।’

पदमा हुँदा वा नहुँदा पनि आफूले जिल्लाको विकासमा योगदान दिइरहेको मन्त्री डा. महतले स्पष्ट पारे । यो गरेको कामलाई प्रकाश महतले गर्यो भन्नुपर्दैन, हामीले पठाएको प्रतिनिधिले गर्यो अथवा कांग्रेसले गर्यो भनेर अपनत्व लिन उहाँले आग्रह गर्नुभयो । यसको फाइदा भोलि चुनावमा व्यक्तिले होइन, कांग्रेसले पाउँछ, नत्र जनता भ्रमित हुन्छन भन्दै उहाँले भन्नुभयो, ‘दुवै निर्वाचन क्षेत्रमा काम भएको छ ।’

‘बालाजु–तीनकुने सडक एडीबीको सहयोगमा बन्ने योजना थियो, ठेक्कामा लफडा भयो । रानीपौवादेखि उताको खण्ड टुंगियो । ठेक्का प्रकृयामा जान्छ, यताको एसियन बैंकले नै गर्छ’ उहाँले भन्नुभयो, ‘म यता र उता भन्ने जान्दिनँ, देशैभरि गर्नुपर्छ, नुवाकोटमा पनि गर्नुपर्छ । त्यस खण्डको निर्माण कार्य अनिवार्य थियो, बन्न थाल्यो त्यसमा खुशी मानौं ।’

राजनीतिक दिशा कतातिर गइरहेको छ, त्यसलाई बुझेर हामी अगाडि बढ्नुपर्ने मन्त्री डा. महतले बताउनुभयो । पार्टीको गठबन्धन हामीले आवश्यकताको सिद्धान्तमा गरेको स्पष्ट पार्नुहुँदै उहाँले भन्नुभयो, ‘सबैको सहमतिमा गरिएको हो, सभापति एक्लैले गर्नुभएको होइन । हामी बलियो बन्नुपर्छ, पहिला एक्लै लड्दा चुनाव जित्छु भन्ने संगठन बनाउनुपर्छ ।’ हामीले आफ्नो क्षमता वृद्धि गरौं, एकअर्कोको खुट्टा नकाटौं ।’

एनसेलबारे सरकारले छानबिन समिति बनाएको छ । उसले कर छलेको रहेछ भने हामी छोड्दैनौं । तर, किनबेच अर्थमन्त्रालयले हेर्दैन, दूरसञ्चार प्राधिकरणले हेर्छ । त्यसको पनि छानबिन हुँदै गरेको उहाँले स्पष्ट पार्नुभयो ।


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?