Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२७ मंसिर २०८२, शनिबार
२७ मंसिर २०८२, शनिबार

नक्कली सवारी दर्ता किताब बनाउने पक्राउ


काठमाडौं। लिखत कीर्ते गरी नक्कली सवारी दर्ता किताब बनाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ घर भई हाल काठमाडौं बौद्ध बस्ने ४२ वर्षीय डिबी भन्ने दीलबहादुर घिसिङ तामाङ र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने ३३ वर्षीय आइतसिंह तामाङ रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।

उनका अनुसार केही व्यक्तिहरुले लिखत कीर्ते गरी सवारी दर्ता किताबलगायतका कागजात तयार गरेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले दीलबहादुरलाई काठमाडौंको कालीमाटी र आइतसिंहलाई मनोहरा नगरपालिका–१ बम्ह्रखेलबाट पक्राउ गरेको हो ।

पक्राउ परेकाको साथबाट बाग्मती प्रदेश ०१–०२५ च २७५९ नम्बरको कारको ब्लुबुक एक थान, विभिन्न नम्बरका कारका सवारी दर्ता प्रमाणपत्र चार थान, कार पाँच वटा, विभिन्न सरकारी कार्यालयका छाप चार थान र मोबाइल दुई थान बरामद गरी लिखत कीर्तेसम्बन्धी कसूरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको प्रक्रिया सुरु भएको प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले बताएका छन् ।


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?