Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

गौतमबुद्ध विमानस्थलमा उडान संख्या बढाएर पर्यटकलाई सहुलियत दिन माग


काठमाडौं। निजी वायुसेवा कम्पनीहरूले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान संख्या बढाउन र विमानस्थलमा यात्रा गर्ने पर्यटकलाई समेत सहुलियत दिनुपर्ने माग गरेका छन् ।

सोमबार मुख्यसचिव बैकुण्ठ अर्यालको उपस्थितिमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पर्यटन मन्त्री सुदन किराती र राज्यमन्त्री सुशीला श्रीपालि ठकुरीले नेपाल वायु सेवा निगम, निजी वायु सेवा सञ्चालक कम्पनी, लुम्बिनी प्रदेशका होटेल व्यवसायी, पर्यटन व्यवसायी, सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिसँग छलफल गरेका छन् ।

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवालाई पूर्ण क्षमतामा चलाउने सम्बन्धमा सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित कार्यक्रममा निजी क्षेत्रका वायुसेवा कम्पनीले वायुसेवा कम्पनीसँगै पर्यटकलाई समेत सहुलियत दिनुपर्ने माग गरेका हुन् ।

विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि मन्त्रालयले आवश्यक नीतिगत कामलाई अगाडि बढाउने निर्णय बैठकले गरेको छ । सो अवसरमा भैरहवा विमानस्थलका महानिर्देशक हंसराज पाण्डेले विमानस्थलको अवस्थाबारे जानकारी गराएका थिए ।


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?