Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

सरकार र नेकपाबीच भएको तीनबुँदे सम्झौता कार्यान्वयन गर्न समाजवादी मोर्चाको आग्रह


काठमाडौं। समाजवादी मोर्चा नेपालले नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीनबुँदे सम्झौता पूर्णरुपमा कार्यान्वयन गर्न सरकार र सम्बद्ध पक्षलाई आग्रह गरेको छ । मोर्चाका संयोजक माधवकुमार नेपालले आज वक्तव्य जारी गर्दै मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि द्वन्द्व पैदा हुने स्थिति आउन नदिन सबैमा आह्वान गरेका छन् ।

मोर्चाले जिल्ला अदालत काठमाडौंबाट केही दिनअघि नेकपाका महासचिव नेत्रबिक्रम चन्द र प्रवक्ता खड्कबहादुर विश्वकर्मालगायत नेताविरुद्ध भएको पक्राउ पूर्जीका सम्बन्धमा पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी) र चन्द नेतृत्वको नेकपा आबद्ध छन् ।


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?