Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

कृषि मन्त्रालयद्वारा स्थानीय तहसँग कृषि र पशु क्षेत्रको बजेट विवरण माग


काठमाडौं। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले देशभरका स्थानीय तहहरूसँग कृषि र पशुपंक्षी क्षेत्रमा छुट्याएको बजेटको विवरण माग गरेको छ ।

उक्त मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत २०७५/७६ देखिको चालु आर्थिक वर्ष सम्मको कुल विनियोजित बजेट र कृषि तथा पशुपंक्षी क्षेत्रको बजेट पठाउन फारम सहित पत्र पठाएको हो ।

त्यस्तै, स्थानीय स्तरको कृषि तथा पशुपंक्षी विकासका लागि स्थानीय तहको आन्तरिक स्रोतबाट कृषि र पशुपंक्षी क्षेत्रको विकाससँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन हुँदै आएको भन्दै मन्त्रालयले कृषि क्षेत्रमा भएको बजेट तथा लगानीको विश्लेषण गर्न तथा आगामी दिनमा बजेट तथा कार्यक्रम तर्जुमामा सहयोग पुग्ने उद्देश्यका लागि विवरण माग गरेको जनाएको छ ।

 


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?