Trending
>>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी >>   कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा >>   पृथ्वी राजमार्गको गलौंदी खण्डमा अवरुद्ध सडक खुलाउन प्रयास जारी >>   बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने >>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय
Logo
२४ आश्विन २०८३, शनिबार
२४ आश्विन २०८३, शनिबार

२२० उद्योगमा आयो २४ अर्ब ३५ करोड विदेशी लगानी प्रतिबद्धता


काठमाडौं। चालु आर्थिक वर्षको ६ महिनामा २४ अर्ब ३५ करोड रुपैयाँ बराबर वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार मंसिर महिनासम्म १९९ वटा उद्योगमा २० अर्ब ६१ करोड ५ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

त्यस्तै, २१ वटा उद्योगरप्रतिष्ठानहरूले ३ अर्ब ७४ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर खरिद सम्झौतामा लगानी भित्र्याएका छन् । चालु आर्थिक वर्षको मङ्सिरसम्म भित्रिएको लगानीबाट कुल १० हजार १२० जनालाई रोजगारी सृजना हुने विभागले जनाएको छ । उक्त तथ्यांकअनुसार मंसिर महिनामा मात्रै २१ वटा नयाँ उद्योगमा २ अर्ब २५ करोड ६२ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ भने मङ्सिरसम्म लगानी प्रतिबद्धता जनाएकामध्ये ३ वटा उद्योग ठूलो, ७ वटा मझौला र १८९ वटा उद्योग साना छन् ।

सो विभागका अनुसार लगानी प्रतिबद्धताको सबै भन्दा ठूलो हिस्सा पर्यटन क्षेत्रमा छ भने दोस्रो ठूलो आकर्षणको क्षेत्र सेवा क्षेत्र छ भने तेस्रोमा उत्पादनमूलक उद्योगमा लगानी प्रतिबद्धता भित्रिएको विभागले जनाएको छ ।


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?