Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

२२० उद्योगमा आयो २४ अर्ब ३५ करोड विदेशी लगानी प्रतिबद्धता


काठमाडौं। चालु आर्थिक वर्षको ६ महिनामा २४ अर्ब ३५ करोड रुपैयाँ बराबर वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार मंसिर महिनासम्म १९९ वटा उद्योगमा २० अर्ब ६१ करोड ५ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

त्यस्तै, २१ वटा उद्योगरप्रतिष्ठानहरूले ३ अर्ब ७४ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर खरिद सम्झौतामा लगानी भित्र्याएका छन् । चालु आर्थिक वर्षको मङ्सिरसम्म भित्रिएको लगानीबाट कुल १० हजार १२० जनालाई रोजगारी सृजना हुने विभागले जनाएको छ । उक्त तथ्यांकअनुसार मंसिर महिनामा मात्रै २१ वटा नयाँ उद्योगमा २ अर्ब २५ करोड ६२ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ भने मङ्सिरसम्म लगानी प्रतिबद्धता जनाएकामध्ये ३ वटा उद्योग ठूलो, ७ वटा मझौला र १८९ वटा उद्योग साना छन् ।

सो विभागका अनुसार लगानी प्रतिबद्धताको सबै भन्दा ठूलो हिस्सा पर्यटन क्षेत्रमा छ भने दोस्रो ठूलो आकर्षणको क्षेत्र सेवा क्षेत्र छ भने तेस्रोमा उत्पादनमूलक उद्योगमा लगानी प्रतिबद्धता भित्रिएको विभागले जनाएको छ ।


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?