Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

स्थानीय सरकारसँग अधिकार नभएका काममा संघले सहयोग गर्नुपर्छः मेयर शाह


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले फोहोरमैला व्यवस्थापन लगायतका काममा संघ सरकारको सहयोग चाहिएको बताउनुभएको छ । आज ललितपुर महानगरपालिकाको १०५ औँ स्थापना दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘बञ्चरेडाँडा (स्यानिटरी ल्याण्डफिल साइट) व्यवस्थापनका लागि सम्माननीय प्रधानमन्त्रीज्यूले चाहना भयो भने यहाँबाट अर्को कार्यक्रममा पुग्ने समय अगाडि नै समाधान गरिदिन सक्नुहुन्छ । तर, यो काम गर्न स्थानीय सरकारलाई दिएको अधिकारले पुग्दैन । हामी प्रमुख उपप्रमुखको जोडले मात्र पुग्दैन । यसमा भएका बाधा फुकाइ दिन म यहीँबाट अनुरोध गर्न चाहन्छु ।’

‘काठमाडौँ र ललितपुरका बिचमा केही भिन्नता छन् ।’ प्रमुख शाहले भन्नुभयो, ‘काठमाडौँमा नदी अतिक्रमण छ । ललितपुरमा पैदल मार्ग । एकदिन दुवै सहरलाई अतिक्रमणमुक्त बनाउनु पर्छ । कतिपय अतिक्रमण हामी आफैँले नियन्त्रण गर्न सक्छौँ । तर नदी अतिक्रमण व्यवस्थापन हामीले मात्र गर्न सक्दैनौँ । म यहीँबाट प्रधानमन्त्रीज्यूलाई फेरि अनुरोध गर्न चाहन्छु । यसमा हामीलाई सहयोग गरिदिनुप¥यो । यो प्रधानमन्त्री र गृह मन्त्रालयको इच्छा भयो भने ५ मिनेटदेखि १ घण्टामा समाधान निस्किन्छ । ललितपुरले उज्यालो कार्यक्रम सञ्चालन गर्न पायो । रातमा उज्यालो छ । काठमाडौँले मुद्दा खेप्नु प¥यो । काम हुनै पाएको छैन ।’


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?