Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

स्थानीय सरकारसँग अधिकार नभएका काममा संघले सहयोग गर्नुपर्छः मेयर शाह


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले फोहोरमैला व्यवस्थापन लगायतका काममा संघ सरकारको सहयोग चाहिएको बताउनुभएको छ । आज ललितपुर महानगरपालिकाको १०५ औँ स्थापना दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘बञ्चरेडाँडा (स्यानिटरी ल्याण्डफिल साइट) व्यवस्थापनका लागि सम्माननीय प्रधानमन्त्रीज्यूले चाहना भयो भने यहाँबाट अर्को कार्यक्रममा पुग्ने समय अगाडि नै समाधान गरिदिन सक्नुहुन्छ । तर, यो काम गर्न स्थानीय सरकारलाई दिएको अधिकारले पुग्दैन । हामी प्रमुख उपप्रमुखको जोडले मात्र पुग्दैन । यसमा भएका बाधा फुकाइ दिन म यहीँबाट अनुरोध गर्न चाहन्छु ।’

‘काठमाडौँ र ललितपुरका बिचमा केही भिन्नता छन् ।’ प्रमुख शाहले भन्नुभयो, ‘काठमाडौँमा नदी अतिक्रमण छ । ललितपुरमा पैदल मार्ग । एकदिन दुवै सहरलाई अतिक्रमणमुक्त बनाउनु पर्छ । कतिपय अतिक्रमण हामी आफैँले नियन्त्रण गर्न सक्छौँ । तर नदी अतिक्रमण व्यवस्थापन हामीले मात्र गर्न सक्दैनौँ । म यहीँबाट प्रधानमन्त्रीज्यूलाई फेरि अनुरोध गर्न चाहन्छु । यसमा हामीलाई सहयोग गरिदिनुप¥यो । यो प्रधानमन्त्री र गृह मन्त्रालयको इच्छा भयो भने ५ मिनेटदेखि १ घण्टामा समाधान निस्किन्छ । ललितपुरले उज्यालो कार्यक्रम सञ्चालन गर्न पायो । रातमा उज्यालो छ । काठमाडौँले मुद्दा खेप्नु प¥यो । काम हुनै पाएको छैन ।’


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?