Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

मकवानपुरको गढीमा कोदो खेती गर्ने किसानको आकर्षण बढ्दो


मनहरी,मकवानपुर। कोदोखेती गरेबापत स्थानीय सरकारले प्रोत्साहनस्वरुप थप रकम दिने भएपछि कोदोखेती गर्ने किसानको आकर्षण बढेको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले पालिकाभित्र उत्पादन हुने रैथाने बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेपछि किसान खुसी हुनुका साथै यो पेसामा आकर्षित भएका हुन् ।

उक्त गाउँपालिकाले कोदो प्रतिकिलो रु ५४, फापरको प्रतिकिलो रु सय र जुनेलोको प्रतिकिलो रु ८४ हुने गरी न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो । त्यसपछि किसानले उत्पादन गरेको कोदो बिक्री गर्न थालेका हुन् ।

यही क्रममा मकवानपुरगढी–४ कालीखोलास्थित अपाङ्गता तथा विपन्न कृषि सहकारी संस्था लिमिटेडले त्यस क्षेत्रमा किसानबाट उत्पादित कोदो खरिद गरी सङ्कलन गर्न सुरु गरेको छ । उक्त सहकारी संस्थाले गाउँपालिकाबाट तोकिएको मूल्यमा अनुदान रकमसमेत थप गरी प्रतिकिलो रु ६० का दरले कोदो खरिद गरिएको सहकारीका अध्यक्ष दिलबहादुर योञ्जनले जानकारी दिए।

कोदो सङ्कलनको पहिलो दिन ११ किसानबाट एक हजार पाँच सय किलोभन्दा बढी खरिद भएको सहकारीका सचिव कृष्णबहादुर घलानले बताए । कोदो बिक्री गर्ने किसानमध्ये मकवानपुरगढी–४ का किसान सुकुमबहादुर घलानले सबैभन्दा धेरै पाँच सय किलो कोदो बिक्री गरेका छन् ।

सो गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान र वडा नं ४ का वडाध्यक्ष अर्जुनप्रसाद तिमिल्सिनाको उपस्थितिमा कोदो खरिद तथा सङ्कलनको कार्य सुरु गरिएको हो । गाउँपालिका अध्यक्ष स्याङ्तानले ८६ वर्षीय किसान वीरबहादुर योञ्जनलाई चेक हस्तान्तरण गरेर कोदो खरिदको कार्य सुरु गरेका थिए ।

त्यस्तै, अपाङ्गता तथा विपन्न कृषि सहकारी संस्थाले गाउँपालिकाको सहयोगमा गत वर्षदेखि कालीखोला ब्रान्डको कोदो पिठो प्याकेजिङ गरी बजारमा बिक्री गरिरहेका छन् ।


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?