Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

मिथिलाञ्चलमा आजदेखि विवाह उत्सव शुरु


जलेश्वर,महोत्तरी। विवाह पञ्चमीको शुभ अवसरमा गएराति भगवान रामचन्द्र र माता सीताको विवाह सम्पन्न भएसँगै आजदेखि मिथिलाञ्चलका सर्वसाधारणको घरमा विवाह उत्सव शुरु भएको छ ।
त्रेता युगदेखि नै नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चल क्षेत्रभरि भगवान रामचन्द्र र माता सीताको विवाह भएपछि आजैका दिनदेखि सर्व साधारणले पनि आ–आफ्ना छोराछोरीको विवाह शुरु गर्ने चलन रहेकाले आजदेखि मिथिलाका प्रत्येक गाउँठाउँमा सर्वसाधारणले पनि विवाहको शुभारम्भ गरेका छन् ।
त्यस्तै, मिथिलामा सबैभन्दा पहिले भगवान रामचन्द्र र माता सीताको विवाह हुने तथा त्यसपछि सर्वसाधारणहरुले पनि आ–आफ्ना छोराछोरीको विवाह गर्ने त्रेता युगदेखि चल्दै आएको लोक मान्यता रहेको जलेश्वर नगरपालिका–८ का प्रख्यात पण्डित कालिकान्त झाले बताए ।
महोत्तरी र धनुषाका विभिन्न स्थानमा एक सातासम्म भगवान रामचन्द्र र माता जानकीको विवाहका विभिन्न विधि सम्पन्न गर्दै गएराति जनकपुरधाममा भगवान रामचन्द्र र माता सीताको विवाह सम्पन्न भएपछि अब सर्वसाधारणले आजदेखि विवाह गर्ने भएका छन् ।
सो विवाह पञ्चमी उत्सव अन्तर्गत यसपाली मङ्सिर २६ गते जनकपुरधाम दर्शन, २७ गते फुलबारी लिला, २८ गते धनुष यज्ञ, २९ गते तिलकोत्सव, ३० गते मटकोर विधि, पुस १ गते स्वयंवर तथा विवाह पञ्चमी (शुभ विवाह) र आज राम कलेवा हुने छ ।

प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?