Trending
>>   खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेको छः पूर्वराष्ट्रपति भण्डारी >>   संविधान संशोधन प्रक्रियामा सरकारले ‘सिन्को’ समेत भाँचेन, हामीले गाली खाइराख्नुपरेको छः महामन्त्री थापा >>   कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट विधेयक बहुमतले पारित, के छ नयाँ व्यवस्था ? >>   प्रहरीमा महिलाको संख्या २० प्रतिशत पुर्‍याउन गृहमन्त्रीको निर्देशन >>   भारत–चीनबीच भएको लिपुलेक सहमतिले तात्यो संसदः एक ठाउँमा उभिए सत्तापक्ष–प्रतिपक्ष >>   न्यायाधीश मल्लको आग्रहः महिला प्रहरीबाट सुरक्षा लिनुस् >>   शिक्षा समितिमा आउँदा मलाई विधेयक रोक्न आयो भनेर आरोप लगाइयोः श्याम घिमिरे >>   चलचित्र ‘जनै हराएको मान्छे’को प्रिमियर सम्पन्नः भावुक बने कलाकार >>   सरकारले संविधानको अपमान गरिरहेको छ : रास्वपा >>   घट्यो वैदेशिक सहायता : अघिल्लो आवको तुलनामा ०.४९ प्रतिशत कमि
Logo
४ भाद्र २०८२, बिहीबार
४ भाद्र २०८२, बिहीबार

औपचारिक कार्यक्रम सकिए पनि एमालेको सङ्कल्प र योजना जारी छ : ईश्वर पोख्रेल


काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले सङ्कल्प यात्राको औपचारिक कार्यक्रम सकिए पनि एमालेको सङ्कल्प र योजना जारी नै रहेको बताएका छन् । झुलाघाट चिवाभञ्ज्याङ यात्रा समापनपछि उनले जनताका माझमा एमाले सधैँ रहने र जनतासँगको सम्बन्धलाई गाढा बनाइराख्ने बताएका हुन् ।

उनले फेसबुकमार्फत भनेका छन्,‘यात्रा अवधिमा र चिवाभन्ज्यांगमा पुगेर सम्पूर्ण एमाले नेतृत्वले यही सङ्कल्पलाई दोहोर्‍याएको छ । यस यात्राको अवधिमा प्राप्त भएका विषयहरू र एमालेको सङ्कल्पलाई हामी छिटै नै औपचारिक रूपले सार्वजनिक गर्ने छौँ ।’

त्यस्तै, प्रचुर सम्भावना हुँदाहुँदै पनि मुलुकलाई विपन्न र परनिर्भर बनाइरहने कारणहरूलाई स्पष्टसित खोजी गरिरहने र नयाँ स्तरमा जनतालाई सचेत र सङ्गठित गर्दै समाधानका लागि भूमिका खेल्ने उनले बताएका छन् ।

शान्तिपूर्ण तरिकाले एमालेले मुलुक र आम जनताका भोगाई बुझ्न जनतामाझ असहिष्णुता प्रदर्शन गर्ने, अलोकतान्त्रिक र हिंसात्मक तरिका अपनाउन चाहनेहरूका रहस्यमय हरकतहरूलाई पनि एमालेले नजिकैबाट नियाल्ने अवसर पाएको उनले बताएका छन् ।

उनले भनेका छन्,‘सामाजिक सद्भाव र त्यही सामाजिक सद्भावमा टिकेको राष्ट्रिय एकतालाई कमजोर बनाउने , जनताका बिचमा द्वेष भाव फैलाउन चाहने , मुलुकलाई हिंसाको बाटोमा लैजान चाहने बिचार र गतिविधिहरूलाई पनि यस बिचमा नियाल्ने मौका पाएका छौँ ।

एमाले राष्ट्र जनताको पक्षमा दृढतापूर्वक उभिइरहनेछ । कुनै पनि विषाक्त तथा मुलुक र नेपाली जनताको हित विपरितका विचार गतिविधिका विरुद्ध एमाले चट्टानी ढङ्गले उभिरहने छ ।’


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?