Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

औपचारिक कार्यक्रम सकिए पनि एमालेको सङ्कल्प र योजना जारी छ : ईश्वर पोख्रेल


काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले सङ्कल्प यात्राको औपचारिक कार्यक्रम सकिए पनि एमालेको सङ्कल्प र योजना जारी नै रहेको बताएका छन् । झुलाघाट चिवाभञ्ज्याङ यात्रा समापनपछि उनले जनताका माझमा एमाले सधैँ रहने र जनतासँगको सम्बन्धलाई गाढा बनाइराख्ने बताएका हुन् ।

उनले फेसबुकमार्फत भनेका छन्,‘यात्रा अवधिमा र चिवाभन्ज्यांगमा पुगेर सम्पूर्ण एमाले नेतृत्वले यही सङ्कल्पलाई दोहोर्‍याएको छ । यस यात्राको अवधिमा प्राप्त भएका विषयहरू र एमालेको सङ्कल्पलाई हामी छिटै नै औपचारिक रूपले सार्वजनिक गर्ने छौँ ।’

त्यस्तै, प्रचुर सम्भावना हुँदाहुँदै पनि मुलुकलाई विपन्न र परनिर्भर बनाइरहने कारणहरूलाई स्पष्टसित खोजी गरिरहने र नयाँ स्तरमा जनतालाई सचेत र सङ्गठित गर्दै समाधानका लागि भूमिका खेल्ने उनले बताएका छन् ।

शान्तिपूर्ण तरिकाले एमालेले मुलुक र आम जनताका भोगाई बुझ्न जनतामाझ असहिष्णुता प्रदर्शन गर्ने, अलोकतान्त्रिक र हिंसात्मक तरिका अपनाउन चाहनेहरूका रहस्यमय हरकतहरूलाई पनि एमालेले नजिकैबाट नियाल्ने अवसर पाएको उनले बताएका छन् ।

उनले भनेका छन्,‘सामाजिक सद्भाव र त्यही सामाजिक सद्भावमा टिकेको राष्ट्रिय एकतालाई कमजोर बनाउने , जनताका बिचमा द्वेष भाव फैलाउन चाहने , मुलुकलाई हिंसाको बाटोमा लैजान चाहने बिचार र गतिविधिहरूलाई पनि यस बिचमा नियाल्ने मौका पाएका छौँ ।

एमाले राष्ट्र जनताको पक्षमा दृढतापूर्वक उभिइरहनेछ । कुनै पनि विषाक्त तथा मुलुक र नेपाली जनताको हित विपरितका विचार गतिविधिका विरुद्ध एमाले चट्टानी ढङ्गले उभिरहने छ ।’


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?