Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको माग असंवैधानिक होइन भन्ने स्थापित भइसक्यो: राजेन्द्र लिङ्देन


काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दुराष्ट्र पुनः स्थापनाको माग राख्नु असंवैधानिक होइन भन्ने कुरा स्थापित गराउन सफल भएको बताएका छन् ।

आइतबार केन्द्रीय समिति बैठकमा धारणा राख्दै अध्यक्ष लिङ्देनले नेपालमा राजासहितको प्रजातन्त्रको कुरा गर्नु, हिन्दुराष्ट्र पुनर्स्थापना र सङ्घीयता खारेजीको माग राख्नु अवैधानिक होइन भन्ने कुरा आफ्नो पार्टीले स्थापित गराएको बताए ।

त्यस्तै, निर्वाचन आयोगसँग प्रतिवाद गरेपछि पार्टीको विधानमा राजसंस्था र हिन्दुराष्ट्र पुनः स्थापना मागलाई स्थापित गराउन सफलता हात पारेको उनको भनाइ थियो । राप्रपालाई नेपाली राजनीतिमा उपेक्षा गर्न नमिल्ने शक्तिको रूपमा स्थापित गराउने काम भएको उनले बताए ।

‘गएका निर्वाचनमा अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसके पनि उकालो यात्रा प्रारम्भ गर्‍यो। राप्रपालाई नेपाली राजनीतिमा उपेक्षा गर्न नसकिने र अग्रगतितर्फ गइराखेको शक्तिको रूपमा स्थापित गर्न सफल भयौँ,’ उनले भने ।

अध्यक्ष लिङ्देनले विगतमा निर्वाचनमा अपेक्षाअनुसार परिणाम हात नपारे पनि आफ्नो पार्टीले अग्रगमनको बाटो तय गर्दै अघि बढेको बताए ।


प्रकाशित मिति: १ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?