Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

राप्रपाको एजेन्डामा जनमत बढ्दै गएको राजेन्द्र लिङ्देनको निचोड


काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको एजेन्डाका पक्षमा जनमत बढ्दै गएको निष्कर्ष बैठकमा सुनाएका छन् । राप्रपाको एजेन्डाका पक्षमा जनमत बढ्दै गएको निष्कर्षसहित अध्यक्ष लिङ्देनले पार्टी प्रतिपक्षको भूमिकामा थप सशक्त हुने बताएका छन् ।

आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति, रणनीति र भावी कार्यदिशा विषयमा ब्रिफिङ गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी गराए ।

लिङ्देनले सडक संघर्षलाई प्राथमिकता दिने कार्यनीति पार्टीले बनाएको बताए । ‘सत्तापक्ष र प्रतिपक्षसमेत मिलेमतोमा कमाउ धन्दामा लाग्नु दुर्भाग्यपूर्ण रहेको उल्लेख गरेका छन,’ प्रवक्ता श्रेष्ठले भने, ‘भ्रष्टाचारका हरेक काण्डमा दलका नेताहरूको संलग्नता देखिनुले राजनीतिप्रति वितृष्णा पैदा गर्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।’

त्यसैगरी, समान विचार भएकाहरुसँग एकताको सम्भावना लिङदेनले बैठकमा प्रस्तुत गरेका छन् भने सो बैठकमा महामन्त्री डा. धवलशम्सेर राणाले वृहत आन्दोलन सम्बन्धि कार्ययोजना, कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन, सचिवालयका मुख्य सचिव केदारबहादुर अधिकारीले सचिवालयसम्बन्धी प्रतिवेदन पेस गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

सबै प्रदेशको प्रतिवेदन पेस भइसकेपछि आज नै छलफल प्रारम्भ हुने राप्रपाले जानकारी गराएको छ ।


प्रकाशित मिति: १ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?