Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

राप्रपाको एजेन्डामा जनमत बढ्दै गएको राजेन्द्र लिङ्देनको निचोड


काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको एजेन्डाका पक्षमा जनमत बढ्दै गएको निष्कर्ष बैठकमा सुनाएका छन् । राप्रपाको एजेन्डाका पक्षमा जनमत बढ्दै गएको निष्कर्षसहित अध्यक्ष लिङ्देनले पार्टी प्रतिपक्षको भूमिकामा थप सशक्त हुने बताएका छन् ।

आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति, रणनीति र भावी कार्यदिशा विषयमा ब्रिफिङ गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी गराए ।

लिङ्देनले सडक संघर्षलाई प्राथमिकता दिने कार्यनीति पार्टीले बनाएको बताए । ‘सत्तापक्ष र प्रतिपक्षसमेत मिलेमतोमा कमाउ धन्दामा लाग्नु दुर्भाग्यपूर्ण रहेको उल्लेख गरेका छन,’ प्रवक्ता श्रेष्ठले भने, ‘भ्रष्टाचारका हरेक काण्डमा दलका नेताहरूको संलग्नता देखिनुले राजनीतिप्रति वितृष्णा पैदा गर्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।’

त्यसैगरी, समान विचार भएकाहरुसँग एकताको सम्भावना लिङदेनले बैठकमा प्रस्तुत गरेका छन् भने सो बैठकमा महामन्त्री डा. धवलशम्सेर राणाले वृहत आन्दोलन सम्बन्धि कार्ययोजना, कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन, सचिवालयका मुख्य सचिव केदारबहादुर अधिकारीले सचिवालयसम्बन्धी प्रतिवेदन पेस गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

सबै प्रदेशको प्रतिवेदन पेस भइसकेपछि आज नै छलफल प्रारम्भ हुने राप्रपाले जानकारी गराएको छ ।


प्रकाशित मिति: १ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?