काठमाडाैं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १९ पैसा र बिक्री दर १६९ रुपैयाँ ९५ पैसा रहेको छ भने कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५१ पैसा र बिक्री दर १३३ रुपैयाँ ११ पैसा रहेको छ भने युरो एकको खरिद दर १४५ रुपैयाँ २४ पैसा र बिक्री दर १४५ रुपैयाँ ९० पैसा रहेको छ।
प्रकाशित मिति: १ पुष २०८०, आईतवार