Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घ बेलायतको अध्यक्षमा सेलिब्रेटी सेफ बराल


बेलायत। अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) बेलायत च्याप्टरको अध्यक्षमा सेलिब्रेटी सेफ तथा युवा व्यवसायी विनोद बराल निर्वाचित हुनुभएको छ ।कतार विश्वकपका भिआइपी अतिथिहरुलाई नेपाली स्वाद चखाएर चर्चामा आउनुभएका बराल खानाको अनुसन्धान र खोजीमा निरन्तर लागिरहनु भएको छ ।

सेफ तथा व्यवसायी बरालले यूके अध्यक्षका रूपमा आफ्ना अनुभव र प्रतिवद्धतामार्फत फिनेको उद्देश्यहरूलाई अगाडि बढाउने र नेपाल तथा यूके युवा उद्यमी समुदायहरूबीचको सम्बन्ध थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

फिनेको नेतृत्वमा बेलायतमा मात्र नभई संसारभर फैलिएका युवा उद्यमीहरूलाई सशक्तिकरण गर्ने, सहकार्य बढाउने र नेपाल र बेलायतबीच सामाजिक एवं आर्थिक दुवै क्षेत्रलाई जोड्न आफू लागि पर्ने अध्यक्ष बरालले बताउनुभयो ।

संस्थाका लक्ष्यहरू प्राप्त गर्न आफूले कडा मेहनत र परिश्रमकासाथ अघि बढ्ने पनि उहाँको प्रतिवद्धता थियो ।बरालले अन्य युवा उद्यमीहरूलाई सशक्तिकरण तथा प्रोत्साहित गर्न सहकार्यका लागि संस्थामा आवद्ध हुन आव्हान पनि गर्नुभएको छ । फिने विश्वभरि छरिएका नेपाली युवा उद्यमीहरूको एक गैर नाफामुखी, गैर राजनीतिक र गैरसरकारी संस्था हो ।

यस संस्थामा हालसम्म बेलायत, अमेरिका, अष्ट्रेलिया, मध्यपूर्व, हङकङ, जापान तथा चीनलगायतका मुलुकमा च्याप्टर खुलिसकेका छन्। उक्त संस्था व्यवसायिकता तथा उद्यमशीलता विकासको उद्देश्यले नेपाली युवा उद्यमीहरूलाई एकताबद्ध गर्ने, सञ्जालको विस्तार गर्दै विचारको आदानप्रदानको साझा मञ्चको रुपमा छ।


प्रकाशित मिति: ३० मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?