Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घ बेलायतको अध्यक्षमा सेलिब्रेटी सेफ बराल


बेलायत। अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) बेलायत च्याप्टरको अध्यक्षमा सेलिब्रेटी सेफ तथा युवा व्यवसायी विनोद बराल निर्वाचित हुनुभएको छ ।कतार विश्वकपका भिआइपी अतिथिहरुलाई नेपाली स्वाद चखाएर चर्चामा आउनुभएका बराल खानाको अनुसन्धान र खोजीमा निरन्तर लागिरहनु भएको छ ।

सेफ तथा व्यवसायी बरालले यूके अध्यक्षका रूपमा आफ्ना अनुभव र प्रतिवद्धतामार्फत फिनेको उद्देश्यहरूलाई अगाडि बढाउने र नेपाल तथा यूके युवा उद्यमी समुदायहरूबीचको सम्बन्ध थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

फिनेको नेतृत्वमा बेलायतमा मात्र नभई संसारभर फैलिएका युवा उद्यमीहरूलाई सशक्तिकरण गर्ने, सहकार्य बढाउने र नेपाल र बेलायतबीच सामाजिक एवं आर्थिक दुवै क्षेत्रलाई जोड्न आफू लागि पर्ने अध्यक्ष बरालले बताउनुभयो ।

संस्थाका लक्ष्यहरू प्राप्त गर्न आफूले कडा मेहनत र परिश्रमकासाथ अघि बढ्ने पनि उहाँको प्रतिवद्धता थियो ।बरालले अन्य युवा उद्यमीहरूलाई सशक्तिकरण तथा प्रोत्साहित गर्न सहकार्यका लागि संस्थामा आवद्ध हुन आव्हान पनि गर्नुभएको छ । फिने विश्वभरि छरिएका नेपाली युवा उद्यमीहरूको एक गैर नाफामुखी, गैर राजनीतिक र गैरसरकारी संस्था हो ।

यस संस्थामा हालसम्म बेलायत, अमेरिका, अष्ट्रेलिया, मध्यपूर्व, हङकङ, जापान तथा चीनलगायतका मुलुकमा च्याप्टर खुलिसकेका छन्। उक्त संस्था व्यवसायिकता तथा उद्यमशीलता विकासको उद्देश्यले नेपाली युवा उद्यमीहरूलाई एकताबद्ध गर्ने, सञ्जालको विस्तार गर्दै विचारको आदानप्रदानको साझा मञ्चको रुपमा छ।


प्रकाशित मिति: ३० मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?