Trending
>>   संसद अब त खुल्नुपर्ने होः सभापति देउवा >>   ‘भिजिटि भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन हुन आवश्यक छ’ >>   घरजग्गा खरिद विक्री गर्दा उच्च पदस्थ व्यक्तिको नातेदार भएपनि खुलाउनुपर्ने >>   सम्पदा क्षेत्रका अनधिकृत गाइडको लाइसेन्स नियमित चेकजाँच गरिनुपर्छः टुर्गान अध्यक्ष देवकोटा >>   आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य शुरु >>   पर्यटक पथ प्रदर्शकहरु नेपालको पर्यटन विकासका स्तम्भ हुन्ः मन्त्री पाण्डे >>   भारतको आसाममा बाढीबाट पाँच लाख बढी प्रभावित >>   चीनको युनानमा ५.० म्याग्निच्युडको भूकम्प >>   कर्मचारी संगठनले जेठ २५ गतेदेखि देशव्यापी आन्दोलन गर्ने >>   भारतमा भागदौड हुँदा ११ जनाको मृत्यु, ५० जना घाइते
Logo
२२ जेष्ठ २०८२, बिहीबार
२२ जेष्ठ २०८२, बिहीबार

बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो हुन्छः प्रधानमन्त्री


ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो हुने बताउनुभएको छ । यो भावलाई हामीले सदैंव दृढताकासाथ संकल्प गरि अघि बढ्नुको कुनै बिकल्प छैन । ललितपुरको थेचोमा नवदुर्गा भवानी देवी १२ वर्षे जात्रा समापन समारोहलाई आज सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, ‘नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो। हाम्रा समृद्धशाली मूर्त र अमूर्त साँस्कृतिक धरोहर सम्पदाहरू राष्ट्रिय एकता सबलीकरण गर्ने बिशिष्ट माध्यमका रूपमा परिचित छन्। । यी साँस्कृतिक परम्पराहरूले नेपालको राष्ट्रिय एकता र अखण्डतालाई मजबुत बनाउन अहम् भूमिका खेलेका छन् ।’

प्रधानमन्त्रीले आफ्नो संस्कृतिको संरक्षण र सम्वद्र्वन गर्नु हामी सबैको दायित्व मात्र होईन, अधिकार पनि भएको बताउनुभयो । नेपालको संविधानले नै धार्मिक स्वतन्त्रता कायम गरी प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण गर्ने हकको ब्यवस्था गरेको स्पष्ट पार्नुभयो ।प्रधानमन्त्रीले विभिन्न कालखण्डमा मानव समुदायहरूले सिर्जना गरेर छाडेका भौतिक सम्पदा र त्यस अनुरूपको जीवनशैलीको समष्टिगत रूप नै नेपालको राष्ट्रिय संस्कृति भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले देशमा एकथरि तत्वहरू सांस्कृतिक विविधता, समुदायको पहिचान र अधिकारलाई संस्थागत गरेकने संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरूद्ध भ्रम छर्ने दुस्साहस गरिरहेका छन् । इतिहासले र विश्वको अनुभवले के प्रमाणित गरेको छ भने लोकतन्त्रमा मात्रै सबै स्ंस्कृतिहरू समानरूपमा मौलाउन र विकास हुन सक्छन् । त्यसैले संस्कृति रक्षाका लागि, पहिचान, सम्मान र न्यायमा आधारित समाज निर्माण गर्न अहिलेको व्ववस्था उल्ट्याउन खोज्ने तत्वहरूविरूद्ध संघर्ष गर्ने र जनस्तरबाटै प्रतिरोध आवश्यक छ ।’ उहाँले धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा पर्यटकीय दृष्टिले अनेकौँ सामथ्र्य र सम्भावनाको केन्द्र रहेको गोदावरी नगरपालिकामा आयोजना हुने ऐतिहासिक महत्वको १२ बर्षे नवदुर्गा जात्राको भव्य सफलताको कामना गर्नुभयो ।


प्रकाशित मिति: ३० मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?