Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

काठमाडौं महानगरपालिकाले २९औँ स्थापना दिवस मनाउँदै


काठमाडौं। संघीय राजधानी समेत काठमाडौं महानगरपालिका स्थापनाको २९ वर्ष बितेको छ । उक्त महानगरपालिकाले विभिन्न कार्यक्रम गरी शुक्रबार आफ्नो २९औँ स्थापना दिवस मनाइदै छ ।

उक्त महानगरपालिकाले बिहान  सैनिक मञ्च टुँडिखेलमा गर्ने विशेष सभालाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । सो दिवसको अवसरमा महानगरपालिकाका मेयर बालेन्द्र साहले शुभकामना व्यक्त गर्दै महानगरपालिकालाई यहाँसम्म पुर्‍याउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन समेत गरेका छन् ।

‘काठमाडौंको विकास, सेवा तथा समृद्धि हासिल गर्न साथ, सहयोग र समन्वय गर्नुहुने तथा हौसला प्रदान गर्नुहुने सङ्घ, प्रदेश तथा स्थानीय सरकार, विकास साझेदार, सङ्घसंस्था, राष्ट्रिय अन्तर्राष्ट्रिय समुदाय, आर्थिक, सामाजिक, वित्तीय तथा निजी क्षेत्र, नागरिक समाज, अभियन्ता, महानगरवासी सबैमा हार्दिक आभार प्रकट गर्दछौँ,’ मेयर शाहले भनेका छन् ।

त्यस्तै, तत्कालिन श्री ५ को सरकारले २०५२ साल मंसिर २९ गते काठमाडौं नगरपालिकालाई महानगरपालिकाको रुपमा घोषणा गरेको थियो भने सो महानगरले आफ्नो स्थापनाको त्यही दिनलाई आधार मानेर हरेक वर्ष मंसिर २९ मा महानगर दिवस मनाउँदै आएको छ ।


प्रकाशित मिति: २९ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?