Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सिमसारसँगै हराउँदै पानीचरा


नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०मा पछिल्ला वर्षहरुमा मानवीय कारणले सिमसार नासिदा पानीचरा हराउँदै गएका छन् । यहाँका सिमसार नासिएसँगै यहाँ पाइने चरामा भुँडीफोर ९गरुड०, किङफिसर, टुमटुमेलगायतका चरा लोपोन्मुख अवस्थामा पुगेका हुन् । जिल्लाको मध्यविन्दु–३ का हुमनाथ उपाध्यायले गाउँको सिमसार क्षेत्र नासिएपछि थुप्रै चरा देख्न छोडेको बताउनुभयो । “हाम्रो गाउँमा १० वर्ष अगाडिसम्म धेरै प्रजातिका चरा देखिन्थ्यो”, उहाँले भन्नुभयो, “पानीको मुहान नै थुनेर केही वर्ष अगाडि माछापोखरी निर्माण गरिएपछि यहाँका पानीचरा देखिनै छाडेका छन् ।”

मध्यविन्दु–३ को बह्मस्थानमा पर्ने ‘बासिन चुवाँडी’ ९बाह्रै महिना पानीको मूल निस्कने ठाउँ०लाई माछापोखरीमा परिणत गरेपछि गाउँको सिमसार नै सुकेको उपाध्यायले बताउनुभयो । “पहिले पहिले हामीले यहाँको भासी ९दलदल जमिन०मा घाँस काट्दा टुमटुमे, किङफिसर, गरुड प्रजातिका धेरै चरा देख्ने गरेका थियौँ”, उहाँले भन्नुभयो, “अहिले यो भासी सुकेको छ, पहिले जमिन दलनल भएर हिँड्दासमेत कम्मरसम्म गड्ने जमिनमा अहिले मज्जाले दौडिन मिल्छ ।” बाह्रै महिना पानीको मूल निस्कने ठाउँलाई पोखरीमा परिणत गरेपछि गाउँको दलदल जमिन सुकेको उपाध्यायको भनाइ छ । दलदल जमिन सुक्दै गएपछि यहाँ देखिने गरेका पानीचरा पनि हराउन थालेका उहाँले बताउनुभयो ।

सिमसार जमिनमा पोखरी निर्माण गरिएको यस ठाउँ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ । यद्यपि व्यक्तिको नाममा लालपुर्जा भएको जमिन सिमसार क्षेत्रमा पर्ने भए पनि उसले आफ्नो व्यवसाय सञ्चालन गर्न पाउने निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो । “निकुञ्जको मध्यवर्ती क्षेत्रभित्रकै सिमसार पनि व्यक्तिको नाममा छ भने त्यहाँ हामीले सिमसार क्षेत्र चलाउन पाउँदैनौ भन्दै हस्तक्षेप गर्न मिल्दैन”, तिवारीले भन्नुभयो, “व्यक्तिले चाहेअनुसार त्यस ठाउँको उपभोग गर्न पाउँछ ।” सार्वजनिक जग्गा भएको अवस्थामा भने सिमसार मिचेर संरचना बनाएको तथा सिमसार प्रभावित पारेको अवस्थामा कानुनी कारबाही गरिने उहाँले बताउनुभयो । सिमसारलाई नै प्रभावित पार्ने गरी पोखरी निर्माण गरिएको जमिनको केहीभाग सार्वजनिक भएको स्थानीय बताउँछन् । “यहाँ बासिन चुवाँडीबाट निस्किएको पानी जम्मा हुने र धानबालीमा सिँचाइका लागि लैजाने गरी पोखरी पनि थियो” स्थानीय यमबहादुर कुमालले भन्नुभयो, “धान खेती गर्ने जमिन यहाँका गाउँलेले ह्याचरीलाई बेचेपछि पोखरीको पानी सिँचाइमा प्रयोग हुन छो्ययो अनि जमिन अतिक्रमण हुन थाल्यो ।”

व्यक्तिको नाममा रहेको जमिनको दलदल हटाउन चाहेका र मुहानमा माछापोखरी निर्माण हुने भएपछि स्थानीयले विरोध नगर्दा सिमसार नै हराउन पुगेको उहाँको भनाइ छ । पानीको मूल निस्कने ठाउँसहित त्यहाँको धेरै जमिन सार्वजनिक भए पनि व्यक्तिले मिचेर माछापोखरी निर्माण गरेको स्थानीय बताउँछन् । व्यक्तिको नाममा रहेको केही जग्गा र सार्वजनिक जग्गा किनेर मेघराज श्रेष्ठले माछापोखरी निर्माण गरेका स्थानीयको भनाइ छ । यहाँ करिब पाँच बिघा क्षेत्रफलमा माछापोखरी निर्माण गरिएको छ । सिमसार नासिने गरी माछापोखरी निर्माण गरिएको जमिनमा केही जमिन सार्वजनिक भएको भनेर गुनासो आएपछि आफूहरुले खोजबिन गर्ने तयारी गरेको मध्यविन्दु–३ का वडाध्यक्ष मानबहादुर महतोले बताउनुभयो । “सिमसार क्षेत्रलाई प्रभावित पार्ने गरी पोखरी निर्माण गरिएकोबारे गुनासो आएको छ ।

त्यहाँको अधिकांश जमिन सार्वजनिक हो भन्ने पनि सुनेको छु”, उहाँले भन्नुभयो, “हामी पनि केही महिनाअघिमात्रै जनप्रतिनिधि भएर आएको हो, यस विषयमा जानकारी छैन, अब हामी खोजबिन गर्छौँ ।” नेपालमा हालसम्म अभिलेख भएका ४३ प्रजातिका विश्वकै दुर्लभ चरामध्ये १२ प्रजाति पानीचरा भएको चराविद् वासु बिडारीले बताउनुभयो । नेपालमा सङ्कटापन्न अवस्थामा रहेका एक सय ६८ प्रजातिका चरामध्ये एक चौथाइ हिस्सा पानीचराले ओगटेको उहाँको भनाइ छ । मुख्य वासस्थान सिमसारको विनाससँगै अवैध चरा सिकार तथा व्यापार, उडान मार्गमा हुने अवरोध र जलवायु परिवर्तनले पानीचरा सङ्कटमा परेका जनाइएको छ । ताल, तलाउ, पोखरी, नदीनाला, जलाशय, सिञ्चित खेत, जल क्षेत्रको घाँसे मैदानजस्ता सिमसार क्षेत्रमा प्रजनन गर्ने, चरन गर्ने र आफ्नो अधिकांश समय व्यतीत गर्ने आश्रित चरालाई पानीचरा भनिन्छ ।


प्रकाशित मिति: १८ पुष २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?