Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

एलपीएल : धनगढी स्पोर्टस् क्लब सेमिफाइनलमा


२८ ,मङ्सिर ,काठमाडौँ । धनगढी स्पोर्टस् क्लब धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)को सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी स्पोर्ट्स क्लब खप्तड इन्डोर स्पोर्टस् ट्रेनिङ सेन्टरलाई ६७ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

यसअघि नै समूह ‘बी’ बाट युथ अफ टीकापुर, समूह ‘सी’बाट घोडाघोडी क्रिकेट एकेडमी र समूह ‘डी’ बाट सत्यवती एकेडेमी सेमिफाइनल प्रवेश गरिसकेका छन् । धनगढी स्पोर्ट्स क्लबले दिएको एक सय ६४ रनको लक्ष्य पछ्याएको खप्तड इन्डोरले १९ दशमलव तीन ओभरमा ९६ रन बनाउँदा सबै विकेट गुमायो ।

प्लेयर अफ द म्याच घोषित भएका भुवन कार्कीले आठ विकेट लिने क्रममा चार ओभरमा १८ रन खर्चिए । त्यस क्रममा कार्कीले इनिङ्सको पन्ध्रौँ ओभरमा तीन विकेट तथा सत्रौँ ओभरमा चार विकेट लिएका थिए ।

खप्तड इन्डोर स्पोर्ट्सको ब्याटिङमा अभिषेक थापाले सर्वाधिक ४२ रन तथा प्रकाश पाण्डेले ३० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । यसअघि टस हारेर ब्याटिङ गरेको धनगढी स्पोर्ट्स क्लबले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६३ रन बनायो ।

धनगढी स्पोर्ट्सको लागि ओपनर सुनिल धमलाले अर्धशतकीय योगदान दिए । धमलाले ५० बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । कप्तान भुवन कार्कीले ३६, प्रनित थापाले २६ तथा अमरसिंह रौटेलाले अविजित १२ रन योगदान दिए । धमलाले दोस्रो विकेटका लागि भुवन कार्कीसँग ८४ रनको तथा तेस्रो विकेटको लागि प्रनित थापासँग ५४ रनको साझेदारी गरे ।

खप्तड इन्डोर स्पोर्ट्सको बलिङमा रवि विष्ट र आर्यन विष्टले दुई–दुई विकेट तथा वीरेन्द्र बमले एक विकेट लिए । लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको सो प्रतियोगिताको उपाधि विजेताले रु दुई लाख ५५ हजार र उपविजेताले रु एक लाख २८ हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टिमको सहभागिता छ ।


प्रकाशित मिति: २८ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?