Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

किसानलाई मूल्य शृङ्खलामा काम गर्न अध्यक्ष ओलीको सल्लाह


२८ ,मङ्सिर ,काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पारम्परिक कृषिलाई प्रविधि र मूल्य शृङ्खलासँग जोडेर काम गरे बजारको अभाव नहुने सुझाव दिएका छन् ।

बैतडीको चिवाघाटबाट पाँचथरसम्मको सङ्कल्प यात्राका क्रममा मध्यपहाडी लोकमार्गबाट भोजपुर हुँदै धनकुटा आइपुगेका अध्यक्ष ओलीले यस्तो सुझाव दिएका हुन् । यात्राका क्रममा पाख्रिबास नगपालिका आइपुगेका ओलीले नगरमा रहेको प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसका विद्यार्थीसँग अन्तक्र्रिया गरेका थिए ।

नेकपा एमाले जिल्ला कमिटी धनकुटाले आयोजना गरेको सो कार्यक्रममा धनकुटाको कृषि क्षेत्रको समस्या र अवस्थाका बारेमा क्याम्पसका प्रमुख निराजन भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा भण्डारीले धनकुटाको कृषि तथा दुग्धजन्य बजारले भारतसँग प्रतिष्पर्धा गर्न नसकेकाले भारतीय कृषि उपज बन्द गर्न मागसमेत गरेका थिए ।

सागलाई गुन्द्रक बनाएर महँगोमा बेच्न सकिने आधार दिँदै अध्यक्ष ओलीले अन्य कृषि उपजलाई पनि बजारको मागअनुसार तयारी गरेर बेच्न सुझाव दिए । त्यसका लागि राज्यले वास्तविक किसानलाई पहिचान गरेर अनुदान दिने र कृषिलाई प्रविधिसँग जोडेर लानुपर्ने उनको भनाइ थियो । “पढेर पासपोर्ट बनाएर विदेश होइन, यहीँ केही गर्र्नू । टिपेर ल्याउन विदेशमा सुन फलेको छैन”, उनले भने, “अलि ढिलो होला तर दुःख गरे यहीँ धनी हुन सकिन्छ ।”

आज भोजपुरबाट महालक्ष्मी नगरपालिकाको लेगुवा बजारबाट सुरु भएको सङ्कल्प यात्रा पाख्रिबास नगरपालिकाको पाख्रिबास बजार, धनकुटा नगरपालिकाको हिले बजार, छथर जोरपाटी गाउँपालिकाको सिँधुवा बजार हुँदै टोली तेहथुमको वसन्तपुर पुगेर आमसभामा सहभागी हुने एमाले धनकुटा जिल्ला कमिटीका अध्यक्ष इन्द्रमणि पराजुलीले राससलाई जानकारी दिए ।


प्रकाशित मिति: २८ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?