Trending
>>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

संघीय संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्छ :सभामुख घिमिरे


काठमाडौं। सभामुख देवराज घिमिरेले संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । बिहीवार संघीय संसद सचिवालयद्वारा १७औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘ मुख्य समस्या भनेको शक्ति पृथकीकरणको सिद्धान्त मात्रै होइन, यसलाई अन्त्य गर्नका लागि, यसको गरिमालाई उच्च राख्नको लागि यसको प्रभावलाई प्रभावकारिताका साथ सम्पन्न गर्नको लागि, स्थायी रूपमा काम गरिरहेको सचिवालय जो संविधानको धारा १०७ ले व्यवस्था गरेको छ र तदनुकुलका कानूनहरु बनेको छन् ।’

उनले संसदको गरिमा कायम राख्दै संसदको भूमिकालाई प्रभावकारी बनाउन सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताए । उनले संसदको सन्दर्भमा विगतमा भएका विडम्बनापूर्ण व्याख्या, विश्लेषण र अनुभूतिहरूलाई आफूले गम्भीरताका साथ लिएको बताएका छन् ।

‘विश्वव्यापी रूपमै संसदको भूमिका के हुन्छ रु संसदको गरिमा कसरी राख्न सकिन्छ रु संसद्लाई कसरी प्रभावकारी पार्न सकिन्छ रु यसको विषयमा विगतका दिनहरूदेखि अहिलेसम्म आइपुग्दाखेरी हामीले विडम्बनापूर्ण व्याख्या, विश्लेषण र अनुभूतिहरू गर्नुपर्ने कुरालाई मैले पनि गम्भिरतासाथ लिएको छु ।’ उनले भने ।

त्यस्तै, सभामुख घिमिरेले संघीय संसद सचिवालयका कर्मचारीहरूले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूलाई सहयोग पुर्‍याउनुपर्ने पनि बताए ।


प्रकाशित मिति: २८ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?