Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

विद्यालयले अब हस्तलिखित पत्र प्रयोग गर्न नपाउने


काठमाडौं। सामुदायिक विद्यालयमा हस्तलिखित पत्र प्रयोग गर्न रोक लगाइएको छ । मोरङको कटहरी गाउँपालिकाले पालीका भित्रका विद्यालयमा हस्तलिखित पत्रको प्रयोगमा रोक लगाएको हो ।

शिक्षा शाखा प्रमुख द्रोणप्रसाद पोखरेलले पालिकामा रहेका १९ वटा सामुदायिक विद्यालयमध्ये ९ वटाले यसअघि नै कम्प्युटरबाट कामकाज गर्दै आएका र बाँकी रहेका १० विद्यालयलाई ९ लाख ९० हजार रुपैयाँ खर्चेर कम्प्युटर र प्रिन्टरको व्यवस्था गरेर हस्तलिखित पत्रको प्रयोगमा रोक लगाएको बताएका छन् ।

त्यस्तै, अधिकृत पोख्रेलका अनुसार पालिकाभरिका सामुदायिक विद्यालयले अब विद्यालय, विद्यार्थी, शिक्षक र कर्मचारीको अभिलेख कम्प्युटरमा राखेर सबै कारोबार कम्प्युटरबाटै गर्नुपर्ने छ । त्यसो नगर्ने विद्यालयले संघीय सरकार र पालिकाबाट पाउने अनुदान पाउने छैनन् ।

त्यस्तै सबै विद्यालयमा कम्प्युटर र प्रिन्टरको व्यवस्था गरेर विद्यालयका कामलाई छिटो छरितो र समयको बचतका लागि पनि सो कार्यको थालनी गरिएको पोखरेलले बताए । शिक्षकलाई कम्प्युटरसम्बन्धी प्रशिक्षण दिएर सो अभियान सञ्चालन गरिएको बताइएको छ ।

उक्त पालिकाले यो अभियानलाई इन्टिग्रेटेड एजुकेशनल म्यानेजमेन्ट इन्फरमेसन सिष्टम (इमीस) का नाममा सञ्चालन गरेको हो । पोख्रेलले यो सिष्टममा आबद्ध नभएका सामुदायिक विद्यालयका शिक्षकले तलब भत्ता, छात्रवृत्तिसमेत पाउने छैनन् ।


प्रकाशित मिति: २८ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?