Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

विद्यालयलाई दश रोपनी जग्गा दान


२६ ,मङ्सिर ,म्याग्दी । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनका दश दाजुभाइले मङ्गलबार म्याग्दीको एक विद्यालयलाई करिब दश रोपनी जग्गा दान गरेका छन् ।

शेरचनका दश जना दाजुभाइले आफ्नो जन्मथलो म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ओखरबोट माविलाई नौ रोपनी तीन आना तीन दाम दुई पैसा क्षेत्रफलको जग्गा दान गरेका हुन् ।

नेपाल सरकारको मापदण्डअनुसार रु ४४ लाख ७७ हजार मूल्य कायम भएको जग्गा निःशुल्क उपलब्ध गराएका शेरचन परिवारले थप रु तीन लाख ३५ हजार सात सय ७७ राजस्व र रु पाँच हजार लेखापढी व्यवसायीको शुल्क पनि आफैँले बेहोरेको ओखरबोट माविका प्रअ नवीन कार्कीले जानकारी दिए ।

“मालपोत कार्यालय म्याग्दीबाट औपचारिकरुपमा विद्यालयको नाममा जग्गा प्राप्त भएको छ”, उनले भने, “बुधबार विद्यालयमा शेरचन परिवारलाई गाउँलेको तर्फबाट अभिनन्दन गर्ने कार्यक्रम छ ।”

हाल विद्यालय रहेको ठाउँ पहिरोको जोखिममा परेपछि स्थानान्तरणका लागि शेरचन परिवारले जग्गा दान गर्नुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक पुनले बताए । विद्यालयका संस्थापक स्व उमादेवी शेरचनका श्रीमान् बडीबहादुर शेरचनका छोरा, छोरी तथा बुहारीहरुले सो जग्गा दान गरेका हुन् ।

जग्गा दान गर्नेमा धनबहादुर/उषा शेरचन, स्व ताराकुमार शेरचनकी श्रीमती जयाकुमारी शेरचन, अमिक शेरचन/शान्ति शेरचन, चित्रलाल शेरचन/तेजकुमारी शेरचन, खगेन्द्र शेरचन/मीना शेरचन, प्रान्ति शेरचन/विश्वप्रभा शेरचन, काजु शेरचन/धनकुमारी शेरचन, दीपेन्द्र शेरचन/फूलमाया (घर्ती) शेरचन, नवरत्न शेरचन/मीना शेरचन, गुप्तमा (दशरथ) शेरचन/नन्दकुमारी शेरचन र छोरी दर्पण (शेरचन) गौचन रहेका छन् ।

विसं २००८ मा स्थापना भएको यस विद्यालयमा दुई सय ११ विद्यार्थी छन् । विद्यालयमा कक्षा १० सम्म पठनपाठन हुने गरेको छ । जग्गादाता शेरचन परिवारको पुख्र्यौली थलो ओखरबोट हो । उनिहरु हाल देशका विभिन्न ठाउँमा पेसा, व्यवसाय र सामाजिक क्षेत्रमा क्रियाशील छन् ।


प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?