Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

एनसेललाई राष्ट्रियकरण गर्नुपर्ने


२६ ,मङ्सिर ,भक्तपुर नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वउद्योगमन्त्री सोमप्रसाद पाण्डेले एनसेल प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएका छन् । रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा उनले एनसेललाई अब राष्ट्रियकरण गर्नुपर्ने बताए ।

पूर्वमन्त्री पाण्डेले भने, “डेढ खर्बको लागत रहेको एनसेल कम्पनीको शेयर खरिद बिक्रीको रकम रु ६ अर्बमात्रै हुनुले त्यहाँ गलत भएको तथ्य उजागर भएको छ, सरकारी अभिलेख हेर्दा पनि एनसेलले रु छ अर्ब मुनाफाको अंश विदेश लगेको देखिन्छ, यस्तो अवस्थामा ठूलो रकम कर छलेको सहजै अनुमान गर्न सकिन्छ छानबिन समितिले निष्पक्ष छानबिन त्यसलाई राष्ट्रियकरण गरिनुपर्छ ।”

फरक सन्दर्भमा नेता पाण्डेले मेलम्चीको पानीे काठमाडौँबासीलाई यथाशीघ्र उपलब्ध गराउन, काठमाडौँ उपत्यकामा द्रुत बससेवा स्थानीय निकायसँग समन्वय गरेर सञ्चालन गर्न, धौवादीस्थित फलाम खानी संरक्षणलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए ।


प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?