Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

गणतन्त्रमा संविधानभन्दा माथि कोही पनि हुन सक्दैन : मन्त्री शर्मा


काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सञ्चालन गर्नेहरूले गरेको गल्ती ढिलो चाँडो कानूनी दायरामा आउने बताएकी छन् । मङ्गलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले सरकार सञ्चालन गर्नेहरूले गरेको गल्ती कमजोरी ढिलो चाँडो कानूनी दायरामा आउने बताएकी हुन् ।

उनले गणतन्त्रमा कानूनभन्दा माथि कोही पनि हुन नसक्ने बताइन् । उनले गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई नरहेको बताइन् भने गणतन्त्रलाई स्थापित गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

उनले भनीन्, ‘हिजो निरङ्कुश राजतन्त्र थियो, तर हिजो कसैले गल्ती कमजोरी गर्दा त्यो गल्ती कमजोरी कुनै कानूनको आकर्षण बन्न सक्दैन थियो। उनीहरुमाथि कुनै पनि कारबाहीको कुरा हुन सक्दैन थियो,तर आज हामी यो परिवर्तित व्यवस्थामा छौँ । संघीय लोकतान्त्रिक गणतन्त्रमा छौँ । त्यसकारणले अहिले सरकार सञ्चालन गर्नेहरूले गरेको गल्ती कमजोरी ढिलो चाँडो कानूनी दायरामा आउँछ । यो व्यवस्थामा यो गणतन्त्रमा संविधानभन्दा माथि कानूनभन्दा माथि, निगरानीभन्दा माथि कोही पनि हुन सक्दैन।’


प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?