Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

गणतन्त्रमा संविधानभन्दा माथि कोही पनि हुन सक्दैन : मन्त्री शर्मा


काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सञ्चालन गर्नेहरूले गरेको गल्ती ढिलो चाँडो कानूनी दायरामा आउने बताएकी छन् । मङ्गलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले सरकार सञ्चालन गर्नेहरूले गरेको गल्ती कमजोरी ढिलो चाँडो कानूनी दायरामा आउने बताएकी हुन् ।

उनले गणतन्त्रमा कानूनभन्दा माथि कोही पनि हुन नसक्ने बताइन् । उनले गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई नरहेको बताइन् भने गणतन्त्रलाई स्थापित गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

उनले भनीन्, ‘हिजो निरङ्कुश राजतन्त्र थियो, तर हिजो कसैले गल्ती कमजोरी गर्दा त्यो गल्ती कमजोरी कुनै कानूनको आकर्षण बन्न सक्दैन थियो। उनीहरुमाथि कुनै पनि कारबाहीको कुरा हुन सक्दैन थियो,तर आज हामी यो परिवर्तित व्यवस्थामा छौँ । संघीय लोकतान्त्रिक गणतन्त्रमा छौँ । त्यसकारणले अहिले सरकार सञ्चालन गर्नेहरूले गरेको गल्ती कमजोरी ढिलो चाँडो कानूनी दायरामा आउँछ । यो व्यवस्थामा यो गणतन्त्रमा संविधानभन्दा माथि कानूनभन्दा माथि, निगरानीभन्दा माथि कोही पनि हुन सक्दैन।’


प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?