Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

जसपा केन्द्रीय समितिको बैठक पुस २७ गते बस्ने


काठमाडौं। जनता समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक पुस २७ गते बस्ने भएको छ । महाधिवेशनलगायत अन्य सांगठनिक विषयमा छलफलका लागि सो बैठक बोलाएको पार्टीका कार्यकारिणी सदस्य राजकिशोर यादवले जानकारी दिएका छन् ।

त्यस्तै, एनसेल खरिद बिक्री प्रक्रिया रोकी उक्त घटनाको छानबिन गर्न र दोषीउपर कारबाही गर्न सरकारसँग जसपाले माग गरेको छ भने चुरे उत्खनन तथा गिट्टी बालुवा निकासी पैठारीसम्बन्धी सरकारले तयार पारेको विधेयक फिर्ता लिन पनि बैठकले निर्णय गरेको उनले बताएका छन् ।

उनले केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुने एजेन्डालगायतको विषयमा छलफल गर्न लागि पुस २५ र २६ गते राजनीतिक समितिको बैठक बस्ने बताए । त्यस्तै माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि निर्धारित समयमै दल दर्ता गर्ने निर्णय गर्दै सो निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयनका लागि आगामी पुस १० गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

उक्त पार्टीले सञ्चालन गरेको तीन महिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा गर्दै उक्त अभियानको म्याद पुस मसान्तसम्म थपिने निर्णय भएको उनले बताए । सो पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् संगठन विभाग प्रमुख राजेन्द्र प्रसाद श्रेष्ठको नेतृत्वमा सातै प्रदेश समितिका इन्चार्ज सदस्य रहने गरी ८ सदस्यीय एक कार्यदल गठन भएको छ । उक्त कार्यदलले पार्टीको केन्द्रीय नेताहरूको जिम्मेवारी बाँडफाँटको लागि प्रस्ताव तयार पार्ने कार्य गर्ने छ ।

सो केन्द्रीय कार्यालय सचिवको रूपमा राजनीतिक समिति सदस्य पेशल ढकाललाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।

 


प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?