Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

महासमिति बैठकअघि नैनसिंह महरले थाले जनताको मत सर्वेक्षण


काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले महासमिति बैठक (नीति महाधिवेशन) अघि जनताको मत सर्वेक्षण थालेका छन् । जनभावना अनुसार पार्टीलाई अगाडि बढाउनु पर्ने धारणा राख्दै आएका महरले आफूले नीति महाधिवेशनमा पनि जनताकै भावनालाई अघि सार्ने बताएका छन् ।

उनले नीति महाधिवेशनमा उठाउनुपर्ने विषयबारे गुगल फर्मको माध्यमबाट पार्टीका क्रियाशील सदस्य, शुभेच्छुक र जनतासँग सुझाव मागेका हुन् । नेता महरले ८ लाख ६६ हजार क्रियाशील सदस्य, शुभेच्छुकलगायत आमजनतासँग समेत,आगामी नीति कस्तो बनाउने भन्ने बारेमा सुझाव लिन आफूले गुगल फर्मको व्यवस्था गरेको बताए ।

महरले विद्यमान राजनीतिक व्यवस्थाप्रति भइरहेका नकारात्मक टिप्पणी तपाईँलाई कस्तो लाग्छ ?, व्यवस्थाप्रति नै नकारात्मकता देखिनुको कारण के होला ? लगायत उनले १८ वटा प्रश्नमा सुझाव माग गरेका छन् ।

‘राजनीतिक दल कस्तो हुनुपर्छ भन्ने आम चासो हुन्छ । हामीले अधिकांश जनताको सुझाव लिनुपर्छ । पार्टीले नै यो काम गर्नुपर्‍यो, तर ढिलो भैसककेकाले कसैन कसैले त गर्नै पर्ने भयो । त्यसैले मैले यो व्यवस्था गरेको हुँ । म क्रियाशील सदस्य, शुभेच्छुक र जनताबाट प्राप्त सुझावलाई नै नीति महाधिवेशनमा उठाउने छु,’ उनले भने ।

त्यस्तै, केन्द्रीय सदस्य महरले काँग्रेस निर्वाचन जित्नमात्र चिन्ता गर्ने दल नभई जनताको समस्या सुन्ने दल बनाउन नेतृत्व सक्रिय हुनुपर्ने बताएका छ्न् ।


प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?