Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

कमजोरीका छिद्र खोजेर शान्ति प्रक्रिया बिथोल्न पाइदैन ः मन्त्री मोदी


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले कमजोरीका छिद्र खोजेर बृहद् शान्ति सम्झौताको मुल प्रक्रियालाई बिथोल्न नपाइने बताएका छन् ।

सगरमाथा प्रतिष्ठान नेपालको २२ औं स्थापना दिवस तथा अन्तरास्ट्रिय नारी दिवसको अवसरमा आयोजित अन्तरास्ट्रिय नारी सम्मान एवम् नेपाल सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।

केही पात्रहरुले देशलाई अशान्तितिर लैजान खोजेको भन्दै मन्त्री मोदीले भने, ‘द्धन्द्धकालीन मुद्दालाई लिएर मान्छेहरु अशान्ति फैलाउन खोजेका छन् । देशलाई अशान्तितिर लैजाने काम कसैले गर्छ भने त्यो स्वीकार्य हुँदैन ।’

मन्त्री मोदीले पूर्वाग्रही ढंगले सोच निर्माण गरेर केही कदमहरु चालेको बताउँदै जनयुद्धकै देनका कारण मुलुकले महिला राष्ट्रपति र प्रधानन्यायधीश पाएको विषयलाई बिर्सन नहुने बताए ।

‘कुनैबेला महिलाहरुलाई चुल्हो र चौकामा मात्रै सीमित गर्नुपर्छ भन्ने एउटा सोच थियो’ मन्त्र िमोदीले भने, ‘महिला दिदीबहिनीहरुलाई गाउँदेखि केन्द्रसम्म ३३ प्रतिशतसम्म प्रतिनिधित्वि गराउने भूमिका अहिलेको सम्माननीय प्रधानमन्त्रीज्युले नै खेल्नुभएको हो, मुलुकले महिला प्रधानन्यायधीश र राष्ट्रपति पाएको पनि अहिलेको प्रधानमन्त्रीज्युको नेतृत्वमा भएको जनयुद्ध कारणले सम्भव भएको हो ।’

पशुलाई घरभित्र पस्न दिइने तर दलित भएकै कारण घरबाहिर राख्ने प्रचलनको अन्त्य पनि जनयुद्धबाटै सम्भव भएको मन्त्री मोदीको भनाई थियो ।

‘हामी सबै शान्ति चाहन्छौँ । हरेक वर्ग, हरेक समुदाय, जात जाति लिंगले न्याय पाउनुपर्छ भनेर हामीले आवाज उठाएका हौँ । हामी शान्ति प्रक्रियामा आइसकेका छौँ, देश शान्ति प्रक्रियामा आइसकेको छ’ मन्त्री मोदीले भने, ‘कमजोरीका छिद्रहरु खोजेर शान्ति प्रक्रियालाई बिथोल्न खोजिरहेका छन् । त्यस्तो काममा नलाग्नका लागि म विशेष रुपमा आग्रह गर्न चाहन्छु ।’


प्रकाशित मिति: २४ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?