Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

ओलीद्वारा सुनकोसी-मरिन डाइभर्सनको अवलोकन


काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्माणाधीन सुनकोसी-मरिन डाइभर्सनको स्थलगत अवलोकन गरेका छन् ।

झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा रामेछाप पुगेका ओलीले रामेछापका मन्थली नगरपालिका-६ सेलघाट स्थित डाइभर्सन उद्गम बिन्दुमा भइरहेको निर्माण कार्यको अवलोकन गरे । सो क्रममा ओलीले आयोजनाको प्रगतिबारे जानकारी समेत लिएका छन ।

त्यस्तै, ओली प्रधानमन्त्री हुँदा सुरु भएको उक्त आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा राखिएको छ भने सो आयोजनाको सुरुङ खन्ने काम उद्गम बिन्दु सुनकोसी नदीतर्फबाट धमाधम भइरहेको छ । आयोजनाको कुल १३ दशमलव ३ किलोमिटर सुरुङमध्ये ९ दशमलव ७ किलोमिटर सुरुङ निर्माण सकिएको छ ।

सो सुरुङ निर्माण सँगसँगै आयोजनाको सुनकोसी नदीमा बाँध निर्माणको कार्य सुरु भएको छ । ३१ मेगावाट विद्युत् उत्पादनका निम्ति आवश्यक पूर्वाधार निर्माणका काम पनि सुरु भएका छन् भने सुनकोसी नदीको पानी ६७ हजार लिटर प्रतिसेकेन्डका दरले मरिनमा झारिने छ । मरिन खोलामा खसालिएको पानी बागमती नदी हुँदै बागमती सिँचाइ योजनाको पूर्वी तथा पश्चिम नहरबाट लगिने छ ।

उक्त आयोजना अन्तर्गत सुरुङ निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङ कम्पनीले लक्ष्यभन्दा बढी निर्माणको कार्य गरिरहेको छ भने बाँध निर्माणको कार्य पनि पटेल रमण जेभीले अघि बढाएको छ भने सुनकोसी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि सरकारले कुल रकम ४६ अर्ब रुपैयाँ विनियोजन गरेकोमध्ये चालू आर्थिक वर्षसम्म करिब ११ अर्ब खर्च भएको छ ।

त्यस्तै, सुनकोसी नदीमा १ सय ५८ मिटर लामो ब्यारेज, १ सय ५० मिटर लामो डिसेण्डिङ्ग बेसिन, टनेल इन्ट्री पोर्टल, ५ दशमलव ५ मिटर व्यास भएको १३.३ किमी लामो सुरुङ, सर्ज पण्ड स्विच यार्ड, ३१ मेगावाट क्षमताको विद्युत् गृह, ४४ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण गरिने छ ।,

सुनकोसी मरिन डाइभर्सन आयोजना सुनकोसी नदीको पानी बागमती नदीको सहायक नदी मरिन खोलामा स्थानान्तरण गरी रौतहट, धनुषा, महोत्तरी, सर्लाही र बारामा थप १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ ।

त्यसैगरी, मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटनलगायतको सम्भावना बुझ्न अध्यक्ष ओली नेतृत्वको एमाले टोली १३ दिनदेखि अभियानमा छ ।


प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?