Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

ओलीद्वारा सुनकोसी-मरिन डाइभर्सनको अवलोकन


काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्माणाधीन सुनकोसी-मरिन डाइभर्सनको स्थलगत अवलोकन गरेका छन् ।

झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा रामेछाप पुगेका ओलीले रामेछापका मन्थली नगरपालिका-६ सेलघाट स्थित डाइभर्सन उद्गम बिन्दुमा भइरहेको निर्माण कार्यको अवलोकन गरे । सो क्रममा ओलीले आयोजनाको प्रगतिबारे जानकारी समेत लिएका छन ।

त्यस्तै, ओली प्रधानमन्त्री हुँदा सुरु भएको उक्त आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा राखिएको छ भने सो आयोजनाको सुरुङ खन्ने काम उद्गम बिन्दु सुनकोसी नदीतर्फबाट धमाधम भइरहेको छ । आयोजनाको कुल १३ दशमलव ३ किलोमिटर सुरुङमध्ये ९ दशमलव ७ किलोमिटर सुरुङ निर्माण सकिएको छ ।

सो सुरुङ निर्माण सँगसँगै आयोजनाको सुनकोसी नदीमा बाँध निर्माणको कार्य सुरु भएको छ । ३१ मेगावाट विद्युत् उत्पादनका निम्ति आवश्यक पूर्वाधार निर्माणका काम पनि सुरु भएका छन् भने सुनकोसी नदीको पानी ६७ हजार लिटर प्रतिसेकेन्डका दरले मरिनमा झारिने छ । मरिन खोलामा खसालिएको पानी बागमती नदी हुँदै बागमती सिँचाइ योजनाको पूर्वी तथा पश्चिम नहरबाट लगिने छ ।

उक्त आयोजना अन्तर्गत सुरुङ निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङ कम्पनीले लक्ष्यभन्दा बढी निर्माणको कार्य गरिरहेको छ भने बाँध निर्माणको कार्य पनि पटेल रमण जेभीले अघि बढाएको छ भने सुनकोसी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि सरकारले कुल रकम ४६ अर्ब रुपैयाँ विनियोजन गरेकोमध्ये चालू आर्थिक वर्षसम्म करिब ११ अर्ब खर्च भएको छ ।

त्यस्तै, सुनकोसी नदीमा १ सय ५८ मिटर लामो ब्यारेज, १ सय ५० मिटर लामो डिसेण्डिङ्ग बेसिन, टनेल इन्ट्री पोर्टल, ५ दशमलव ५ मिटर व्यास भएको १३.३ किमी लामो सुरुङ, सर्ज पण्ड स्विच यार्ड, ३१ मेगावाट क्षमताको विद्युत् गृह, ४४ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण गरिने छ ।,

सुनकोसी मरिन डाइभर्सन आयोजना सुनकोसी नदीको पानी बागमती नदीको सहायक नदी मरिन खोलामा स्थानान्तरण गरी रौतहट, धनुषा, महोत्तरी, सर्लाही र बारामा थप १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ ।

त्यसैगरी, मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटनलगायतको सम्भावना बुझ्न अध्यक्ष ओली नेतृत्वको एमाले टोली १३ दिनदेखि अभियानमा छ ।


प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?