Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२७ मंसिर २०८२, शनिबार
२७ मंसिर २०८२, शनिबार

डिभाइन युथ क्लब नेपाल गुल्मीले वितरण गर्‍यो विद्यार्थीलाई न्यानो कपडा


गुल्मी। राधा माधव समिति नेपाल अन्तर्गतको डिभाइन युथ क्लब नेपाल गुल्मीले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । रेसुङ्गा नगरपालिका वडानम्बर ३ भाडगाउँमा अवस्थित पृथ्वी प्राथमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।

त्यसैगरी, चिसो समयमा विद्यार्थी कपडा वितरण गरेर सहयोग गर्न पाएकोमा सामाजिक कार्यमा उत्साह बढेको राधा माधव समितिका संयोजक महाशर्मा भण्डारीले बताएका छन् । झण्डै एक लाख बराबरको विद्यार्थीलाई टोपी, झोला, सुइटर र ट्रयाक वितरण गरिएको हो ।

उक्त संस्थाले विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यालयमै पुगेर कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने ३८ जना विद्यार्थीलाई न्यानो कपडा हस्तान्तरण गरेको छ भने गरिब, विपन्न, जेहेनदार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थी खोजेर वितरण गरिरहेको राधा माधव समिति नेपाल गुल्मीका सचिव तारा भुसालले बताए ।

स्थापना कालदेखि नै आफूहरु विद्यार्थीलाई न्यानो कपडा बोकेर गाउँका कुनाकन्दरा पुग्ने गरेको भुसालले बताए । २०६५ सालमा स्थापना भएको उक्त संस्थाले प्रत्येक वर्ष जिल्लाका विभिन्न स्थान विद्यालमा पुगेर गरिब विपन्न विद्यार्थीलाई कपडा वितरण गर्दै आएको छ ।

सो संस्थाका ३०० भन्दा बढी सदस्यहरुले खाजा खर्च वापतको रकम बचाएर सामाजिक कार्य गर्ने गरेका छन् भने उक्त गाउँका कुनाकन्दरा पुगेर विद्यार्थी र विद्यालयको आवश्यकतालाई मध्यनजर गरेर न्यानो कपडा वितरण गरेकोमा पृथ्वी प्राथमिक विद्यालयका प्रधानाध्यापक विष्णुमाया पोखरेलले धन्यवाद दिइन ।

त्यसैगरी, पछिल्लो समय ग्रामीण क्षेत्रमा विद्यार्थीको संख्या घट्दै गएको बताउँदै वडाध्यक्ष बाबुराम खत्रीले न्यानो कपडा हस्तान्तरण कार्यक्रमले विद्यार्थी रोक्न र शैक्षिक गतिविधि बढाउन थप टेवा पुग्ने बताए ।

उक्त विद्यालय व्यावस्थापन समिति अध्यक्ष चेतमान कुँवरले २०४५ सालमा जनताको लगानीबाट सञ्चालन गरेको विद्यालयमा संस्थाले गरेको सहयोगको प्रंशसा गरे । उनले आगामी दिनमा समेत सहयोगको अपेक्षा गरेको बताएका छन् ।


प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?