Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

डिभाइन युथ क्लब नेपाल गुल्मीले वितरण गर्‍यो विद्यार्थीलाई न्यानो कपडा


गुल्मी। राधा माधव समिति नेपाल अन्तर्गतको डिभाइन युथ क्लब नेपाल गुल्मीले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । रेसुङ्गा नगरपालिका वडानम्बर ३ भाडगाउँमा अवस्थित पृथ्वी प्राथमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।

त्यसैगरी, चिसो समयमा विद्यार्थी कपडा वितरण गरेर सहयोग गर्न पाएकोमा सामाजिक कार्यमा उत्साह बढेको राधा माधव समितिका संयोजक महाशर्मा भण्डारीले बताएका छन् । झण्डै एक लाख बराबरको विद्यार्थीलाई टोपी, झोला, सुइटर र ट्रयाक वितरण गरिएको हो ।

उक्त संस्थाले विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यालयमै पुगेर कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने ३८ जना विद्यार्थीलाई न्यानो कपडा हस्तान्तरण गरेको छ भने गरिब, विपन्न, जेहेनदार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थी खोजेर वितरण गरिरहेको राधा माधव समिति नेपाल गुल्मीका सचिव तारा भुसालले बताए ।

स्थापना कालदेखि नै आफूहरु विद्यार्थीलाई न्यानो कपडा बोकेर गाउँका कुनाकन्दरा पुग्ने गरेको भुसालले बताए । २०६५ सालमा स्थापना भएको उक्त संस्थाले प्रत्येक वर्ष जिल्लाका विभिन्न स्थान विद्यालमा पुगेर गरिब विपन्न विद्यार्थीलाई कपडा वितरण गर्दै आएको छ ।

सो संस्थाका ३०० भन्दा बढी सदस्यहरुले खाजा खर्च वापतको रकम बचाएर सामाजिक कार्य गर्ने गरेका छन् भने उक्त गाउँका कुनाकन्दरा पुगेर विद्यार्थी र विद्यालयको आवश्यकतालाई मध्यनजर गरेर न्यानो कपडा वितरण गरेकोमा पृथ्वी प्राथमिक विद्यालयका प्रधानाध्यापक विष्णुमाया पोखरेलले धन्यवाद दिइन ।

त्यसैगरी, पछिल्लो समय ग्रामीण क्षेत्रमा विद्यार्थीको संख्या घट्दै गएको बताउँदै वडाध्यक्ष बाबुराम खत्रीले न्यानो कपडा हस्तान्तरण कार्यक्रमले विद्यार्थी रोक्न र शैक्षिक गतिविधि बढाउन थप टेवा पुग्ने बताए ।

उक्त विद्यालय व्यावस्थापन समिति अध्यक्ष चेतमान कुँवरले २०४५ सालमा जनताको लगानीबाट सञ्चालन गरेको विद्यालयमा संस्थाले गरेको सहयोगको प्रंशसा गरे । उनले आगामी दिनमा समेत सहयोगको अपेक्षा गरेको बताएका छन् ।


प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?