काठमाडौं। प्रधानसेनापति प्रभुराम शर्मासँग छलफल गर्न मङ्सिर २७ गतेलाई बोलाइएको राज्यव्यवस्था समितिको बैठक सरेको छ । उक्त समितिले सेनाका उच्च अधिकारीहरूको जन्ममिति विवाद, फास्ट ट्र्याक लगायतका विषयमा छलफल गर्न प्रधानसेनापति शर्मालाई बैठकमा बोलाएको थियो ।
सो समितिका अनुसार बैठक पुस ४ गतेका लागि सरेको छ । मध्यपहाडी लोकमार्ग यात्राका कारण नेकपा (एमाले) का सांसदहरू उपस्थित हुन नसक्ने भएपछि बैठकको मिति सारिएको जनाइएको छ ।
प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलवार