Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

वार्षिक रु १२ अर्बको हस्तकला निर्यात


काठमाडौँ । नेपालबाट वार्षिक रु १२ अर्ब मूल्य बराबरको हस्तकला विदेश निर्यात हुने गरेको छ । नेपाल हस्तकला महासङ्घले २०औँ हस्तकला व्यापार मेला तथा १८औँ हस्तकला प्रतियोगिताबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपालबाट ६० भन्दा बढी देशमा सो मूल्य बराबरको हस्तकला विदेश निर्यात हुने गरेको जानकारी दिइयो ।

त्यस अवसरमा महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले राष्ट्रिय अर्थतन्त्रमा नेपाली हस्तकला क्षेत्रको महत्वपूर्ण योगदान रहेकाले हस्तकलाको संरक्षण र संवद्र्धनमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । आगामी मङ्सिर २८ देखि पुस २ गतेसम्म आयोजना हुन लागको १८औँ हस्तकला प्रतियोगिता र २०औँ हस्तकला व्यापार मेलामा सहभागी हुन आग्रह गरे ।

दरबारमार्गस्थित होटल डेल अन्नपूर्णमा आयोजना गर्न लागिएको व्यापार मेला तथा प्रतियोगितामा तीन प्याभिलियनसहित एक सय ३० कक्ष रहनेछन् । मेलामा एक लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकको भनाइ छ ।

अठारौँ हस्तकला प्रतियोगितामा परम्परागत विधातर्फ पौभा र समसामयिक विधातर्फ छ्वाली कलाको प्रतियोगिता गराइने छ । प्रतियोगितामा प्रथम पुरस्कार रु ५० हजार, द्वितीय पुरस्कार रु ३० हजार र तृतीय पुरस्कार रु २० हजार राखिएको छ । सो अवसरमा ७० वर्ष नाघेका १० जना ज्येष्ठ तथा वरिष्ठ कलाकारलाई सम्मान गरिनेछ ।


प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?