Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
६ पुष २०८२, आईतवार
६ पुष २०८२, आईतवार

ललितपुर महानगरअगाडि १०८ मिनेट उभिने ईःको तयारी, निर्णयलाई पुनर्विचार गर्न अनुरोध


काठमाडौं। बिहान-साँझ फुटपाथ व्यापार गर्न नदिने ललितपुर महानगरपालिकाको निर्णयलाई पुनर्विचार गर्न अभियन्ता ईःले अनुरोध गरेका छन् । सोमबार फेसबुकमा स्ट्याटस राख्दै उनले ललितपुरको सपना नमार्न आग्रह गर्दै सो निर्णय पुनर्विचार गर्न ईः ले अनुरोध गरेका हुन् ।

उनले ललितपुर महानगरपालिका अगाडि १०८ मिनेट उभिने बताएका छन् । उनले मङ्गलवार ३ बजेदेखि उभिने बताएका हुन् । त्यस्तै, अभियान्ता ईःले कर लेऊ, गरी खान देऊ, विस्थापन होइन, व्यवस्थापन गर उनले लेखेका छन् ।

‘शहर भनेको कार भएका मानिसलाई मात्र नभई सबैका लागि हो भन्ने यस (ललितपुर) को प्रयासलाई सबैले प्रशंसा गरेको छ, ’उनले लेखेका छन्, ‘शहरको आत्मा मार्दै रात र बिहानका फुटपाथ क्षेत्र हटाउने निर्णयप्रति पुनर्विचार गर्न आवश्यक छ ।’

यसअघि फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित अभियन्ता ईः १९९ घण्टासम्म राष्ट्रिय सभागृह अगाडि उभिएका थिए ।


प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?