Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

ललितपुर महानगरअगाडि १०८ मिनेट उभिने ईःको तयारी, निर्णयलाई पुनर्विचार गर्न अनुरोध


काठमाडौं। बिहान-साँझ फुटपाथ व्यापार गर्न नदिने ललितपुर महानगरपालिकाको निर्णयलाई पुनर्विचार गर्न अभियन्ता ईःले अनुरोध गरेका छन् । सोमबार फेसबुकमा स्ट्याटस राख्दै उनले ललितपुरको सपना नमार्न आग्रह गर्दै सो निर्णय पुनर्विचार गर्न ईः ले अनुरोध गरेका हुन् ।

उनले ललितपुर महानगरपालिका अगाडि १०८ मिनेट उभिने बताएका छन् । उनले मङ्गलवार ३ बजेदेखि उभिने बताएका हुन् । त्यस्तै, अभियान्ता ईःले कर लेऊ, गरी खान देऊ, विस्थापन होइन, व्यवस्थापन गर उनले लेखेका छन् ।

‘शहर भनेको कार भएका मानिसलाई मात्र नभई सबैका लागि हो भन्ने यस (ललितपुर) को प्रयासलाई सबैले प्रशंसा गरेको छ, ’उनले लेखेका छन्, ‘शहरको आत्मा मार्दै रात र बिहानका फुटपाथ क्षेत्र हटाउने निर्णयप्रति पुनर्विचार गर्न आवश्यक छ ।’

यसअघि फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित अभियन्ता ईः १९९ घण्टासम्म राष्ट्रिय सभागृह अगाडि उभिएका थिए ।


प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?