Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

कानुन निर्माणमा बागमती प्रदेश अगाडि : सभामुख पाठक


२४ ,मङ्सिर ,भक्तपुुर । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बागमती प्रदेश ऐन, नीति, नियम, कानुन निर्माणलगायतका गतिविधिमा अगाडि रहेको बताए ।

बागमती प्रदेशसभा सचिवालयद्वारा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, संसद् सहयोग परियोजनाको सहकार्यमा आयोजित अभिमुखीकरणमा उनले यस्तो बताएका हुन् ।

प्रदेशसभाका विषयगत समितिका सभापति, सदस्य र सचिवको लागि प्रभावकारी समिति सञ्चालन र तथ्यमा आधारित कानुन निर्माण तथा संसदीय निगरानीसम्बन्धी दुईदिने कार्यक्रममा सभामुख पाठकले बागमती प्रदेशसभाले गरेको हरेक काम र गतिविधि अरु प्रदेशका लागि पनि सिकाइ र उदाहरणीय बन्न सक्ने बताए ।

उनले भने, “प्रदेशको ऐन, नियम, कानुन, विधेयक निर्माणलगायतका काममा प्रदेशसभाका विषयगत समितिको ठूलो भूमिका रहन्छ, साथै सरकारको विभिन्न कार्यलाई सक्रिय बनाउने, अध्ययन अनुसन्धान गर्ने दायित्व पनि समितिकै रहेको हुन्छ ।”

संसद्को मुख्य काम ऐनको रुप दिनु भए पनि त्यसअघि ऐन निर्माणका लागि सूक्ष्मरुपमा अध्ययन गर्ने, विश्लेषण गर्ने र आवश्यकताअनुसार थपघट गर्ने काम समितिले कै भएको उनको भनाइ थियो ।

उनले भने, “सामान्यतया विधेयक सरकारले नै ल्याउने हो, तर विधेयक निर्माणको क्रममा त्यसकोबारेमा अधिकतम छलफल गर्ने, त्यसको अध्ययन अनुसन्धान गर्ने, अनुसन्धान गर्ने परम्परा हुनु पर्ने हो, त्यो हुन सकेको छैन ।”

कार्यक्रममा उपसभामुख अप्सरा चापागाईले प्रदेशसभाका विषयगत समिति प्रदेशसभा र सरकारको काममा सहयोग गर्न सक्रिय हुनुपर्नेमा जोड दिए । कार्यक्रममा प्रदेशसभाका सचिव कृष्णहरि खड्का, अर्का सचिव पूर्णबहादुर दर्जीलगायतले कार्यक्रमको उपलब्धिका बारेमा चर्चा गरे ।


प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?