Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

उपप्रधानमन्त्री खड्का स्वदेश फिर्ता


काठमाडाैं। उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का घानाको आक्रामा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रिस्तरीय सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।

यही मङ्सिर १८ देखि २० गतेसम्म आयोजित सम्मेलनमा उपप्रधानमन्त्री खड्का नेपाली टोलीको नेतृत्व गर्दैै सम्मेलनमा सहभागी भएका थिए । नेपाली टोलीमा रक्षा र परराष्ट्र मन्त्रालय तथा नेपाली सेनाका उच्च पदाधिकारीहरुको सहभागिता रहेको थियो । उक्त सम्मेलनले अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी विविध विषयमा छलफल गर्नुका साथै हालसम्म भएका कामको समीक्षा गर्दै भविष्यका लागि मार्ग तय गर्ने र सदस्य राष्ट्रकोतर्फबाट यस कार्यमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो ।

‘पिस बिगिन्स विथ मि’ भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा विश्वभरका ९० देशका उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो । सम्मेलनले संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनलाई थप प्रभावकारी बनाई विश्वशान्ति स्थापनाका लागि सहकार्य, समन्वय र सहयोग अभिवृद्धि गर्न जोड दिनुका साथै सम्मेलनमा व्यक्त गरिएका प्रतिबद्धता प्रभावकारी कार्यान्वयनमा जोड दिइएको थियो ।

त्यस्तै, अन्तर्राष्ट्रिय शान्ति तथा स्थायित्वका लागि नेपालले सन् १९५८ देखि नै संयुक्त राष्ट्र सङ्घका विभिन्न शान्ति मिसनमा नेपाली शान्ति सैनिक खटाउँदै विश्व शान्तिका लागि महत्त्वपूर्ण योगदान दिँदै आएको छ भने हाल १६ वटा शान्ति मिसनमा छ हजार दुई सय ७८ नेपाली सैनिक कार्यरत छन् । अहिले नेपाल शान्ति सैनिक खटाउने दोस्रो ठूलो र महिला शान्ति सैनिक खटाउने मुलुकमा पहिलो स्थानमा छ भने हालसम्म अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि विभिन्न मिसनमा सेवारत रहँदा ८६ जना नेपाली सैनिकले वीरगति प्राप्त गरेका र ६६ जना घाइते भएका छन् ।

उक्त सम्मेलनमा नेपालको उच्चस्तरीय सहभागिताका लागि संयुक्त राष्ट्रसङ्घले विशेष महत्त्व दिँदै सराहना गरेको थियो । सो सम्मेलनमा उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्रसङ्घको सुधार प्रयासमा नेपाल सधैँ सकारात्मक र प्रतिबद्ध रहेको, महासचिवको ‘एक्सन फर पिसकिपिङ’को कार्यान्वयनमा सदैव तयार रहेको, सर्वसाधारणको सुरक्षाप्रति नेपाल सरकार र नेपाली शान्ति सैनिक सदैव संवेदनशिल रहँदै आएको बताएका थिए ।

त्यसैगरी, नेपाल सरकारले संयुक्त राष्ट्रसङ्घको आह्वानमा विना कुनै सर्त विश्वका जुनसुकै द्वन्द्वरत मुलुकमा शान्ति सैनिक खटाउने गरेको उनको भनाइ रहेको थियो । नेपाली शान्ति सैनिक अनुशासन एवं कार्यसम्पादनमा अब्बल रहेको बताउँदै उपप्रधानमन्त्री खड्काले यौन शोषण र दुर्व्यावहारप्रति नेपालले शून्य सहनशीलता नीति अवलम्बन गर्दै आएको पनि जानकारी गराए ।


प्रकाशित मिति: २४ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?