Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

काठमाडाैंका कुकुरमा डिस्टेम्परको संक्रमण देखियाे, मान्छेमा कस्ताे असर पार्छ?


काठमाडौँ । केही स्थानका सामुदायिक कुकुरमा डिस्टेम्पर रोग देखिएको काठमाडौँ महानगरपालिका पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाले जानकारी दिनुभएको छ । समुदायमा रहेका कुकुरमा समस्या देखिएपछि स्थानीयबाट आएको सूचनाका आधारमा परीक्षण गर्दा रोग थाहा भएको उहाँको भनाइ छ । कुकुरहरुमा हुने यो रोग एउटा कुकुरदेखि अर्को कुकुरमा सजिलै सर्छ । कुकुरबाट मान्छेमा भने सर्दैन ।

यो कुकुरहरुका लागि प्राणघातक रोग हो । लक्षण देखिएपछि रोकथामका कार्यक्रम थालेका छौँ । डा. झा भन्नुहुन्छ, ‘रोग लागेका कुकुरहरुलाई ज्वरो आउँछ । खाना नखाने, झोक्राउने, नाकमा सिँगान र आँखामा चिप्रा देखिने जस्ता लक्षण देखिन्छन् । खोक्ने, बान्ता गर्ने, दिशा पातलो गर्ने, छारे रोग जस्तो लक्षण देखाउने, लडवडाएर हिँड्ने, किटकिट गरेर दाँत बजाउने यो रोगका मुख्य लक्षण हुन् ।’

रोग लागेका कुकुरका बारेमा जानकारी आएपछि उपचार र व्यवस्थापनको काम थालिसकिएको विभागले जनाएको छ । सामुदायिक कुकुरमा यस्ता समस्या देखिए, महानगरपालिकाको निःशुल्क टेलिफोन नं. नम्बरमा सम्पर्क १६६००१०५५११ र ११८० मा सूचना दिन विभागले अनुरोध गरेको छ । कुकुरबाट कुकुरमा सर्ने भएकोले रोग फैलिएका ठाउँमा घर पालुवा कुकुर बाहिर नलैजान र कुकुरहरुलाई रोगविरुद्धको खोप अनिवार्य लगाउन विभागले अनुरोध गरेको छ ।


प्रकाशित मिति: २३ मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?