Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

काठमाडाैंका कुकुरमा डिस्टेम्परको संक्रमण देखियाे, मान्छेमा कस्ताे असर पार्छ?


काठमाडौँ । केही स्थानका सामुदायिक कुकुरमा डिस्टेम्पर रोग देखिएको काठमाडौँ महानगरपालिका पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाले जानकारी दिनुभएको छ । समुदायमा रहेका कुकुरमा समस्या देखिएपछि स्थानीयबाट आएको सूचनाका आधारमा परीक्षण गर्दा रोग थाहा भएको उहाँको भनाइ छ । कुकुरहरुमा हुने यो रोग एउटा कुकुरदेखि अर्को कुकुरमा सजिलै सर्छ । कुकुरबाट मान्छेमा भने सर्दैन ।

यो कुकुरहरुका लागि प्राणघातक रोग हो । लक्षण देखिएपछि रोकथामका कार्यक्रम थालेका छौँ । डा. झा भन्नुहुन्छ, ‘रोग लागेका कुकुरहरुलाई ज्वरो आउँछ । खाना नखाने, झोक्राउने, नाकमा सिँगान र आँखामा चिप्रा देखिने जस्ता लक्षण देखिन्छन् । खोक्ने, बान्ता गर्ने, दिशा पातलो गर्ने, छारे रोग जस्तो लक्षण देखाउने, लडवडाएर हिँड्ने, किटकिट गरेर दाँत बजाउने यो रोगका मुख्य लक्षण हुन् ।’

रोग लागेका कुकुरका बारेमा जानकारी आएपछि उपचार र व्यवस्थापनको काम थालिसकिएको विभागले जनाएको छ । सामुदायिक कुकुरमा यस्ता समस्या देखिए, महानगरपालिकाको निःशुल्क टेलिफोन नं. नम्बरमा सम्पर्क १६६००१०५५११ र ११८० मा सूचना दिन विभागले अनुरोध गरेको छ । कुकुरबाट कुकुरमा सर्ने भएकोले रोग फैलिएका ठाउँमा घर पालुवा कुकुर बाहिर नलैजान र कुकुरहरुलाई रोगविरुद्धको खोप अनिवार्य लगाउन विभागले अनुरोध गरेको छ ।


प्रकाशित मिति: २३ मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?