Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

अस्पताल निर्माणमा दबाब दिन हस्ताक्षर अभियान


राजविराज,सप्तरी। अलपत्र छाडिएको सप्तरीको राजविराज नगरपालिका–१० बिरौलमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य सुरु गर्न माग गर्दै आन्दोलनरत युवाले हस्ताक्षर अभियान सुरु गरेका छन् ।

सप्तरी युथ नेपालले दोस्रो चरणको आन्दोलन कार्यक्रमअन्तर्गत हस्ताक्षर अभियान सुरु गरेको हो । उक्त प्रतिष्ठान निर्माणका लागि दबाब दिन सप्तरी युथ नेपालद्वारा गठित आन्दोलन परिचालन समितिको अगुवाइमा सप्तरीको राजविराजमा सुरु गरिएको हस्ताक्षर अभियान आज तेस्रो दिन पनि जारी छ । त्यसैगरी, दुई वर्षअघि शिलान्यास गरेर अलपत्र अवस्थामा छाडिएको सो प्रतिष्ठानको निर्माण कार्य सुरु गर्नुपर्ने मागसहित आन्दोलमा उत्रिका युवाले हस्ताक्षर अभियान सात दिनसम्म चलाउने आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवले बताए ।

त्यस्तै, हस्ताक्षर अभियानबाट पनि माग उपर सुनवाइ नभए तेस्रो चरणको आन्दोलनका थप कार्यक्रमहरु घोषणा गरिने आन्दोलन परिचालन समितिका संयोजक यादवले जानकारी दिए । उक्त प्रतिष्ठान निर्माणको काम अविलम्ब सुरु गर्न माग गर्दै युवाले यसअघि पहिलो चरणमा र्‍याली, सिट्टी जुलुस, धर्ना, दिउँसै टर्च बालेर प्रदर्शन लगायतका कार्यक्रम गरिसकेका छन् । सो प्रतिष्ठान निर्माण सुरु गर्न माग गर्दै विगत ५६ दिनदेखि सप्तरीको राजविराज नगरपालिका–१० बिरौलमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माणस्थलमा नै स्थानीयले रिले अनशनसलाई निरन्तरता दिइरहेका छन् भने सरकारले अझै चासो नदेखाएको भन्दै युवाले पनि चरणबद्ध आन्दोलनका कार्यक्रम गर्दै सरकारमाथि दबाबको प्रयास थालेका हुन् ।

त्यसैगरी, हस्ताक्षर अभियानको पहिलो दिन एक हजारभन्दा बढी र आज तेस्रो दिनसम्ममा करिब चार हजार पाँच सय जनाले समर्थन जनाई ब्यानरमा हस्ताक्षर गरेको सप्तरी युथ नेपालका कार्यवाहक अध्यक्ष मोहनकुमार यादवले जानकारी दिएका छन् ।

सप्तरी युथ नेपालले यही मङ्सिर १० गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर पहिलो चरणको आन्दोलन सुरु गरेको थियो । विसं २०७५ मा मन्त्रिपरिषद् बैठकले राजविराज–१० बिरौलस्थित प्रतिष्ठान निर्माण गर्ने निर्णयपछि २२ असार २०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानको शिलान्यास गरेका थिए ।


प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?