Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

कांग्रेसका ४ नेताले समानुपातिक सूचीबाट फिर्ता लिए नाम


काठमाडौं। गत वर्ष भएको प्रतिनिधि सभाको समानुपातिक प्रणालीतर्फ उम्मेदवार रहेका कांग्रेसका ४ नेताले नाम फिर्ता लिएका छन् । समानुपातिकको सूचीमा रहेका गोपालमान श्रेष्ठ, आनन्द ढुङ्गाना, बालकृष्ण पाण्डे र अब्दुल सतारको नाम फिर्ता लिन पार्टीले निर्वाचन आयोगमा सिफारिस गरेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

त्यसैगरी. समानुपातिक पद्धतिका उम्मेदवारले प्रतिनिधिसभाको यो कार्यकालभरि संघीय संसदको उम्मेदवार बन्न नपाउने कानुनी व्यवस्था छ । राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारको आकाङ्क्षी रहेका उनीहरूले त्यही कारण समानुपातिक सूचीबाट नाम फिर्ता लिएका हुन् भने फागुनबाट कार्यकाल सकिने १९ सांसदका लागि निर्वाचन आयोगले ११ माघमा निर्वाचन गर्ने समय तोकेको छ । २३ पुसमा उम्मेदवारी दर्ताको समय तोकिएकाले बन्द सूचीमा रहेकाहरूले त्यसअघि नै नाम फिर्ता लिनुपर्छ ।

उक्त सत्ता गठबन्धनमा रहेका दलहरुबीच राष्ट्रियसभा निर्वाचनमा पनि तालमेल हुने भएकाले कांग्रेसमा उम्मेदवार आकाङ्क्षी बढेका छन् भने शीर्ष तहका केही नेता देखि विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिहरू कांग्रेसबाट राष्ट्रिय सभाको सदस्य हुन आकाङ्क्षी देखिएका छन् ।

त्यस्तै, कलाकार निर शाह, सभापति शेरबहादुर देउवाका पूर्व परराष्ट्र सल्लाहकार अरुण सुवेदी, उद्योगी अनिल रुङ्गटा पनि कांग्रेसबाट राष्ट्रिय सभाका आकाङ्क्षी देखिएका छन् ।


प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?