Trending
>>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

प्रधानमन्त्री ‘प्रचण्ड’ ले भेटे विपिन जोशीका परिवारलाई


काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्यालेस्टाइनी समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका आमाबुबासँग भेट गरेका छन् ।

प्रधानमन्त्री दाहालले शुक्रवार बिहान धनगढी विमास्थलमा विपिनका बुबा महानन्द जोशी तथा आमा पद्मा जोशीलाई भेटेर विपिनको रिहाईको लागि सक्दो पहल गरिरहेको जानकारी दिएका छन् ।
गत असोज २० गते हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । विपिनलाई हमासले नियन्त्रणमा रहेको इजरायलले पुष्टि गरिसकेको छ भने यद्यपी, उनको कुनै खबर प्राप्त हुन सकेको छैन ।

त्यस्तै, कैलाली उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि सुरु हुन लागेको सुदूरपश्चिम महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री दाहाल धनगढी पुगेका हुन् । सोही क्रममा प्रधानमन्त्री दाहालले विपिनका परिवारलाई भेटेर विपिनको रिहाईको लागि सरकारले पहल जारी राखेको बताएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायमा अध्ययनरत जोशी गत भदौ २७ गते इजरायल गएका थिए भने सुदूरपश्चिम विश्वविद्यालयबाट उनीसहित ४९ विद्यार्थी ‘लर्न एण्ड अर्न’ कार्यक्रमका लागि त्यहाँ पुगेका थिए ।

 


प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?