Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

प्रधानमन्त्री ‘प्रचण्ड’ ले भेटे विपिन जोशीका परिवारलाई


काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्यालेस्टाइनी समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका आमाबुबासँग भेट गरेका छन् ।

प्रधानमन्त्री दाहालले शुक्रवार बिहान धनगढी विमास्थलमा विपिनका बुबा महानन्द जोशी तथा आमा पद्मा जोशीलाई भेटेर विपिनको रिहाईको लागि सक्दो पहल गरिरहेको जानकारी दिएका छन् ।
गत असोज २० गते हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । विपिनलाई हमासले नियन्त्रणमा रहेको इजरायलले पुष्टि गरिसकेको छ भने यद्यपी, उनको कुनै खबर प्राप्त हुन सकेको छैन ।

त्यस्तै, कैलाली उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि सुरु हुन लागेको सुदूरपश्चिम महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री दाहाल धनगढी पुगेका हुन् । सोही क्रममा प्रधानमन्त्री दाहालले विपिनका परिवारलाई भेटेर विपिनको रिहाईको लागि सरकारले पहल जारी राखेको बताएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायमा अध्ययनरत जोशी गत भदौ २७ गते इजरायल गएका थिए भने सुदूरपश्चिम विश्वविद्यालयबाट उनीसहित ४९ विद्यार्थी ‘लर्न एण्ड अर्न’ कार्यक्रमका लागि त्यहाँ पुगेका थिए ।

 


प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?