Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

बराहक्षेत्रको कात्तिके मेलामा झण्डै चार लाख तीर्थालु


बराहक्षेत्र। पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ ।

त्यस्तै हिउँद लागेसँगै बराहक्षेत्र धाममा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या दैनिक वृद्धि हुँदै गएको बराहक्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरेले जानकारी दिएका छन् । उनले भने, ‘हिउँद लागेसँगै विशेषगरी कात्तिकेमेला र माघीमेलामा बढी तीर्थालु भक्तजन बराहक्षेत्र मन्दिर आउने गरेका छन् ।’

बराहक्षेत्र मन्दिरमा पूजाआजा एवं कोकाकौशिका नदी र सप्तकोशीको जलले स्नान गर्न धार्मिक पर्यटक यहाँ आउने गर्दछन् । उनले भने, ‘यसपटकको कात्तिकेमेलामा झण्डै चार लाख पर्यटक बराहक्षेत्र आएका छन् । ‘

त्यसैगरी, बराहक्षेत्र मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशीदेखि पूर्णिमासम्म कात्तिकेमेला लाग्ने गर्दछ भने मेलामा नेपाल विभिन्न जिल्ला सहित भारतको बिहारबाट तीर्थालु भित्रिने गरेको बराहक्षेत्र नगरपालिका वडा नं १ का वडाध्यक्ष किसन थापाले बताएका छन् ।

चार क्षेत्रमध्येको एक क्षेत्र मानिएको बराहक्षेत्रमा हिन्दु धर्मावलम्बीको पवित्र तीर्थस्थल रहेको बराहक्षेत्र मन्दिरका प्रधान पुजारी किरण भण्डारी बताए । उनले भने, ‘किंवदन्तीअनुसार पृथ्वी आकाशगङ्गामा हराएको बखत सम्पूर्ण प्राणीजगत्को उद्धार गरेर यस ठाउँमा बराह भगवान्को अवतार भएको मानिन्छ । यही विश्वासले महिमागान गर्दै बराहक्षेत्रको दर्शन गर्न तीर्थालु आउने गर्दछन् ।’

बराहक्षेत्रको दर्शन गर्नाले सुख, शान्ति प्राप्ति हुने विश्वास छ । साथै बराहक्षेत्र मन्दिरमा भाकल गर्ने, पूजा गर्ने, कोकाकौशिका नदीमा स्नान गर्नाले पाप नष्ट भइ आनन्द प्राप्त हुने जनविश्वास छ ।


प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?