Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

एनसेल प्रकरणः उच्च अदालतकाे आदेश मा के छ?


काठमाडाैं । उच्च अदालत पाटनले बिक्री भएका एनसेलका सेयर दर्ता नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। खरिद बिक्री भएका एनसेलका सेयर २०८० मंसिर २५ सम्मको लागि दर्ता किताबमा दर्ता नगराउन उच्चले विपक्षीका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

कम्पनी रजिस्ट्रारको कार्याललाई विपक्षी बनाई गोकुलबहादुर रोकायाले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले यस्तो आदेश जारी गरेको हो। अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने–नदिने विषयमा छलफलका लागिसमेत अदालतले मंसिर २५ गते दुवै पक्षलाई बोलाएको छ।

 


प्रकाशित मिति: २१ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?