Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

एमालेले तोक्यो बागमती प्रदेश कमिटीका सबै नेताको जिम्मेवारी


काठमाडौं। नेकपा एमाले बागमती प्रदेश कमिटीले प्रथम अधिवेशनबाट निर्वाचित कमिटीको कार्य विभाजन गरेको छ । प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले अन्तर पार्टी निर्देशनमार्फत कार्य विभाजनको सूची जिल्लामा पठाएका हुन् ।

उक्त प्रदेश कमिटी पदाधिकारीमध्ये अध्यक्ष ढुङ्गेलले जनसङ्गठन समन्वय संयन्त्रको संयोजकसहित सबै पार्टी कामको संयोजन गर्ने उल्लेख गरेको छ । त्यस्तै, उपाध्यक्ष दावादोर्जे लामा उद्योग वाणिज्य आपूर्ति विभाग प्रमुख, सचिव नवराज सिलाव सङ्गठन विभाग प्रमुख, उपसचिव प्रेमबहादुर महर्जन वित्त तथा कोष व्यवस्थापन विभाग प्रमुख र उपसचिव भक्तकुमारी लामाले प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।

सो बैठकले सबै पालिका र प्रदेश तथा संघीय निर्वाचन क्षेत्रका इन्चार्जहरू समेत तोकेको छ । प्रस्तावित कार्यविभाजन ३ महिना कामको परीक्षणपछि हेरफेर हुनसक्ने र कसैको गुनासो वा असन्तुष्टि भए त्यसलाई समेत समेटेर लगिने अध्यक्ष ढुङ्गेलले बताएका छन् ।


प्रकाशित मिति: २१ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?