Trending
>>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

एमालेले तोक्यो बागमती प्रदेश कमिटीका सबै नेताको जिम्मेवारी


काठमाडौं। नेकपा एमाले बागमती प्रदेश कमिटीले प्रथम अधिवेशनबाट निर्वाचित कमिटीको कार्य विभाजन गरेको छ । प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले अन्तर पार्टी निर्देशनमार्फत कार्य विभाजनको सूची जिल्लामा पठाएका हुन् ।

उक्त प्रदेश कमिटी पदाधिकारीमध्ये अध्यक्ष ढुङ्गेलले जनसङ्गठन समन्वय संयन्त्रको संयोजकसहित सबै पार्टी कामको संयोजन गर्ने उल्लेख गरेको छ । त्यस्तै, उपाध्यक्ष दावादोर्जे लामा उद्योग वाणिज्य आपूर्ति विभाग प्रमुख, सचिव नवराज सिलाव सङ्गठन विभाग प्रमुख, उपसचिव प्रेमबहादुर महर्जन वित्त तथा कोष व्यवस्थापन विभाग प्रमुख र उपसचिव भक्तकुमारी लामाले प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।

सो बैठकले सबै पालिका र प्रदेश तथा संघीय निर्वाचन क्षेत्रका इन्चार्जहरू समेत तोकेको छ । प्रस्तावित कार्यविभाजन ३ महिना कामको परीक्षणपछि हेरफेर हुनसक्ने र कसैको गुनासो वा असन्तुष्टि भए त्यसलाई समेत समेटेर लगिने अध्यक्ष ढुङ्गेलले बताएका छन् ।


प्रकाशित मिति: २१ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?