Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

चीनमा विश्वकै पहिलो फोरजीजडित आणविक भट्टी सञ्चालनमा


काठमाडौं। चीनमा विश्वकै पहिलो फोरजीजडित आणविक भट्टी सञ्चालनमा आएको छ । रुसी सरकारी विश्व च्यानल आरटीका अनुसार चिनियाँ प्रान्त सान्तोङमा भट्टी सञ्चालनमा आएको हो ।

त्यस्तै, चिनियाँ रास्ट्रिय ऊर्जा प्रशासनलाई उद्धृत गर्दै आरटीले जनाएअनुसार चीनले आणविक ऊर्जा उत्पादनमा फोरजी प्रविधि ल्याएर विश्वकै नेतृत्वदायी काम गरेको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका अनुसार उक्त फोरजी भट्टीबाट उत्पादन हुने आणविक ऊर्जाले रेडियोधर्मी तत्त्वको आयतन, अम्लपन र आयु कम गर्नेछ।

सो एजेन्सीका अनुसार चीन आणविक ऊर्जा उत्पादनमा विश्वको तेस्रो ठूलो देश हो । पहिलो फ्रान्स र दोस्रो अमेरिका रहेका छन् भने सन् २०३० बाट भने चीन विश्वकै अग्रणी आणविक ऊर्जा उत्पादक हुनेछ ।


प्रकाशित मिति: २१ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?