Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

चीनमा विश्वकै पहिलो फोरजीजडित आणविक भट्टी सञ्चालनमा


काठमाडौं। चीनमा विश्वकै पहिलो फोरजीजडित आणविक भट्टी सञ्चालनमा आएको छ । रुसी सरकारी विश्व च्यानल आरटीका अनुसार चिनियाँ प्रान्त सान्तोङमा भट्टी सञ्चालनमा आएको हो ।

त्यस्तै, चिनियाँ रास्ट्रिय ऊर्जा प्रशासनलाई उद्धृत गर्दै आरटीले जनाएअनुसार चीनले आणविक ऊर्जा उत्पादनमा फोरजी प्रविधि ल्याएर विश्वकै नेतृत्वदायी काम गरेको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका अनुसार उक्त फोरजी भट्टीबाट उत्पादन हुने आणविक ऊर्जाले रेडियोधर्मी तत्त्वको आयतन, अम्लपन र आयु कम गर्नेछ।

सो एजेन्सीका अनुसार चीन आणविक ऊर्जा उत्पादनमा विश्वको तेस्रो ठूलो देश हो । पहिलो फ्रान्स र दोस्रो अमेरिका रहेका छन् भने सन् २०३० बाट भने चीन विश्वकै अग्रणी आणविक ऊर्जा उत्पादक हुनेछ ।


प्रकाशित मिति: २१ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?