Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

पोर्चुगलमा दूतावास खोल्नुपर्ने कारण माग्न बोलायो सुनुवाइ समितिले परराष्ट्रमन्त्री साउदलाई


काठमाडौं। संसदीय सुनुवाइ समितिले पोर्चुगलमा नेपाली दूतावास खोल्नुपर्ने कारणबारे छलफल गर्न परराष्ट्रमन्त्री एनपी साउदलाई बोलाएको छ । सो विषयमा शुक्रबार परराष्ट्र मन्त्रीसँग छलफल गर्ने समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी दिए ।

त्यस्तै, बिहीबारको बैठकमा एमाले सांसद महेश बर्तौलाले अहिले पोर्चुगलमा नेपाली दूतावास खोल्नुपर्ने कारणबारे सरकारले जवाफ दिनुपर्ने बताएका थिए भने उनले सरकार आर्थिक समस्यामा रहेका बेला नयाँ दूतावास खोल्नु बोझिलो मात्र हुने बताएका थिए । यद्यपि सरकारले पोर्चुगलमा नेपाली दूतावास खोल्ने निर्णय गर्दै राजदूतमा सनिल नेपाललाई सिफारिससमेत गरिसकेको छ ।

उक्त समितिको बैठकमा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले यस विषयमा परराष्ट्र मन्त्रीसँग छलफल गर्न आवश्यक भए गर्नुपर्ने समेत बताएका छन् । त्यसपछि समितिले शुक्रबार परराष्ट्रमन्त्रीसँग छलफल गर्ने, प्रस्तावित राजदूतविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल गर्ने र प्रस्तावित राजदूतको सुनुवाइ गर्ने गरी समय तोकेको छ ।


प्रकाशित मिति: २१ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?