Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

पोर्चुगलमा दूतावास खोल्नुपर्ने कारण माग्न बोलायो सुनुवाइ समितिले परराष्ट्रमन्त्री साउदलाई


काठमाडौं। संसदीय सुनुवाइ समितिले पोर्चुगलमा नेपाली दूतावास खोल्नुपर्ने कारणबारे छलफल गर्न परराष्ट्रमन्त्री एनपी साउदलाई बोलाएको छ । सो विषयमा शुक्रबार परराष्ट्र मन्त्रीसँग छलफल गर्ने समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी दिए ।

त्यस्तै, बिहीबारको बैठकमा एमाले सांसद महेश बर्तौलाले अहिले पोर्चुगलमा नेपाली दूतावास खोल्नुपर्ने कारणबारे सरकारले जवाफ दिनुपर्ने बताएका थिए भने उनले सरकार आर्थिक समस्यामा रहेका बेला नयाँ दूतावास खोल्नु बोझिलो मात्र हुने बताएका थिए । यद्यपि सरकारले पोर्चुगलमा नेपाली दूतावास खोल्ने निर्णय गर्दै राजदूतमा सनिल नेपाललाई सिफारिससमेत गरिसकेको छ ।

उक्त समितिको बैठकमा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले यस विषयमा परराष्ट्र मन्त्रीसँग छलफल गर्न आवश्यक भए गर्नुपर्ने समेत बताएका छन् । त्यसपछि समितिले शुक्रबार परराष्ट्रमन्त्रीसँग छलफल गर्ने, प्रस्तावित राजदूतविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल गर्ने र प्रस्तावित राजदूतको सुनुवाइ गर्ने गरी समय तोकेको छ ।


प्रकाशित मिति: २१ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?