Trending
>>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

जहाज किन्न निगमले खुलाएको टेण्डरमा तीन कम्पनीले दिए आवेदन


काठमाडाैं। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले तीन वटा जहाज खरिद गर्न आह्वान गरेको टेन्डरमा तीनवटै कम्पनीको आवेदन परेको छ । निगमका अनुसार लेट ४१०, डोर्नियर र ट्विनअटर गरी तीन वटा जहाज उत्पादक कम्पनीको प्रस्ताव आएको हो ।

त्यस्तै, निगमसँग हाल दुई वटा ट्वीअटर जहाज रहेका छन् भने दुर्गम तथा पहाडी भेगमा उडान थप्न र गन्तव्य विस्तार गर्न निगमले थप तीन वटा जहाज किन्न लागेको हो ।

उक्त निगमले गत कात्तिक ५ गते ४५ दिने सार्वजनिक सूचना जारी गर्दै तीन वटा जहाज खरिदको अन्तर्राष्ट्रिय टेन्डर (बोलपत्र) आह्वान गरेको थियो। उक्त समयावधिमा विभिन्न तीन वटा कम्पनीले टेन्डर हालेका हुन् । यससँगै अब निगमको जहाज खरिद प्रक्रिया थप अघि बढ्ने निगमले जनाउको छ ।


प्रकाशित मिति: २१ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?