Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

भूकम्प पीडितलाई भेट्न जाजरकोट र रुकुम पश्चिम जाँदै एमाले अध्यक्ष ओली


काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरूलाई भेट्न जाँदै छन् । जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर आफन्त गुमाए र घरबार गुमाएका पीडितहरूलाई भेट्न एमाले अध्यक्ष ओली आज त्यसतर्फ गएका हुन् ।

यही मङ्सिर १४ गते बैतडी जिल्लाको झुलाघाटबाट सुरु भएको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’को छैटौँ दिन एमाले अध्यक्ष ओली नेतृत्वको टोली आज जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरूसँग भेट्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । त्यस्तै, जाजरकोट पुगेर ओलीले भूकम्प पीडितहरूसँग अन्तरक्रिया गर्ने, भूकम्प प्रभावित क्षेत्रमा एमालेले खटाएको स्वयम् सेवक टोलीको कामका बारेमा जानकारी लिने र पुनः निर्माणका बारेमा सरोकारवालासँग अध्यक्ष ओलीले छलफल गर्ने कार्यक्रम अपराह्न भेरी नगरपालिका १ रिम्नामा तय गरिएको छ ।

एमालेले कात्तिक १ गते देखि भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्न ११ सय स्वयंसेवक परिचालन गरिरहेको छ भने राती गएको उक्त भूकम्पमा परेर जाजरकोटमा मात्रै १०१ जनाले ज्यान गुमाएका थिए भने ९४ जना सिकिस्त घाइते भएका थिए । त्यस्तै, ९ हजार ७ सय ९४ घर पूर्ण रूपमा क्षति गरेको भूकम्पले २४ हजार ७ सय ७ घर आंशिक क्षति हुँदा जिल्लाका ९ हजार ६ सय ८१ परिवार विस्थापित भएका छन् ।


प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?