Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

‘केन्द्र सरकारले दिएको सेवा प्रभावकारी हुनुपर्छ’ : मुख्यमन्त्री कार्की


१८ ,मङ्सिर ,कटारी (उदयपुर) । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केन्द्र सरकारले दिएको निःशुल्क सेवाहरु सेवाग्राहीले पाए/नपाएको अनुगमन गरेर मात्रै कटारी अस्पतालको स्तरोन्नतिका लागि अघि बढ्ने बताएका छन् ।

आज साँझ उदयपपुरको कटारीमा रहेको कटारी नगर अस्पताल परिसरमा स्वास्थ्यकर्मी तथा सरोकारवालाको मागबारे मुख्यमन्त्री कार्कीले कटारी अस्पताल यस क्षेत्रको केन्द्रमा रहेकाले यसलाई सबै प्रक्रिया पुगे स्तरोन्नति गर्ने बताए ।

अस्पतालले बिरामीलाई दिने सेवा सुविधा राम्रो हुनुपर्ने बताउँदै सेवा सबैले पाउनुपर्ने बताए । “प्रभावकारी सेवा पाए पाएनन् जनतामा पनि सर्वेक्षण गर्छौं,” उनले भने, “स्तरोन्नतिसँगै प्रभावकारी सेवाका लागि काम गर्छौं ।”

मुख्यमन्त्री कार्कीलाई अस्पतालका बारेमा जानकारी गराउँदै अस्पतालका निमित्त मेडिकल सुपरिडेन्टेन्ड डा गौरव साहले १५ शय्याको नगर अस्पताल भए पनि ५० शय्याको सेवा दिइरहेकाले प्रदेशस्तरीय अस्पताल बनाउन आग्रह गरे ।

“सर्पदंशको पनि उपचार गरिरहेका छौँ, उपचार सेवाको विस्तार भइरहेको छ,” डा साहले भने, “यस अस्पताललाई प्रदेशस्तरीय बनाउन आवश्यक छ ।”

कटारी अस्पतालबाट उदयपुरका साथै प्रदेशको पहाडी जिल्ला ओखलढुङ्गा, सोलुखुम्बु , खोटाङ र बागमती प्रदेशको सिन्धुलीका बिरामीलाई समेत सहज उपचार गर्न सकिने डा साहको भनाइ थियो ।

प्रदेशसभा सदस्य प्रदीप सुनुवार, रामकुमार खत्री लगायतको टोलीलाई अस्पताल विकास समितिका अध्यक्ष तथा वडा नं ४ का अध्यक्ष भूपेन्द्रसिंह तामाङलगायत कटारी नगरपालिकाका जनप्रतिनिधिका साथै सरोकारवालाले स्वागत गरेका थिए ।


प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?