Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

मुस्ताङ र म्याग्दीको उच्च पहाडी क्षेत्रमा हिमपात


१८ ,मङ्सिर ,म्याग्दी । मुस्ताङ र म्याग्दीको उच्च पहाडी क्षेत्रमा आज वर्षा र हिमपात भएको छ । मुस्ताङको लोमान्थाङ, लो–घेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाको अधिकांश ठाउँमा हिमपात भएको हो ।

यो याममा पहिलोपटक हिमपात भएको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु बिष्टले जानकारी दिए ।

“यो वर्ष याममै हिउँ परेकाले किसान खुसी भएका छन्,” उहाँले भन्नुभयो, “हिउँ परेर जमिन भिजाएको र वातावरणलाई सन्तुलित बनाएको छ ।” असोज दोस्रो सातापछि आज बिहानदेखि वर्षासँगै हिउँ पर्न थालेको हो ।

लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा पाँच इञ्चसम्म हिउँ जमेको छ । निरन्तर हिउँ परिरहेको छ । हिउँले सुक्खा भएको जमिनलाई भिजाउने र खेतबारीमा राखेको मलको पौष्टिक तत्व बिरुवाले उपभोग गर्न सहज हुने भएकाले कृषक खुसी भएका हुन् ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले हिमपात र चिसोले उपल्लो मुस्ताङको जनजीवन प्रभावित भएको बताए । सर्वसाधारण घरभित्रै आगो तापेर बसेका छन् । गाईवस्तु र भेडाच्याङ्ग्रालाई गोठमै सुक्खा घाँस खुवाएर राखिएको छ ।

म्याग्दीको धवलागिरि गाउँपालिकाको गुर्जा, अन्नपूर्ण गाउँपालिकाको खोपारा, मोहरेडाँडा, घोडेपानीमा पनि हिउँ परेको छ । डाँडाहरु हिउँले सेताम्मे भएको र चिसो बढेको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाअध्यक्ष झकबहादुर छन्त्यालले बताए ।


प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?