Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

सगरमाथा इन्जिनियरिङ कलेजले दुर्गम र भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीलाई २ लाख ११ हजार सम्मको छात्रवृत्ति दिने


काठमाडौं। सगरमाथा इन्जिनियरिङ कलेजले भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीहरूलाई स्नातक तहमा सिभिल इन्जिनियरिङ अध्ययनको लागि २ लाख ११ हजार सम्मको छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

त्यस्तै, दुर्गम र भूकम्पका कारण अफ्ठेरो अवस्थामा रहेका जाजरकोट र रुकुम पश्चिम जिल्लाका विद्यार्थीहरूलाई इन्जिनियरिङ अध्ययनको लागि सहज होस् भन्ने उद्देश्यले उक्त छात्रवृत्ति दिन लागिएको सगरमाथा कलेजका प्रिन्सिपल ई.रमेश श्रेष्ठको भनाइ रहेको छ ।

उक्त छात्रवृत्ति सरकारले तोकेको दुर्गम जिल्ला, सरकारी विद्यालयमा अध्ययन गरेका र प्लस टुमा ‘ग्रेड ए’ माथि नतिजा प्राप्त गरेका विद्यार्थीहरूको हकमा पनि छात्रवृत्ति दिने कलेज प्रशासनले बताएको छ भने सो कलेजमा सञ्चालित सबै सङ्कायमा भर्ना हुने सबै छात्राहरूलाई अतिरिक्त रु.३० हजार बराबरको छात्रवृत्तिको व्यवस्था गरिएको छ ।

त्यसैगरी, सानेपास्थित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सगरमाथा इन्जिनियरिङ कलेजमा हाल तीन विषय बीई सिभिल, बीई इलेक्ट्रोनिक्स कम्युनिकेसन इन्फर्मेटिभ इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ अध्यापन गराउँदै आएको छ भने आइटी कोर्सहरूमा बीई सीएसआईटी र बीसीएस पनि सञ्चालनमा छ ।

 


प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?