Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

सगरमाथा इन्जिनियरिङ कलेजले दुर्गम र भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीलाई २ लाख ११ हजार सम्मको छात्रवृत्ति दिने


काठमाडौं। सगरमाथा इन्जिनियरिङ कलेजले भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीहरूलाई स्नातक तहमा सिभिल इन्जिनियरिङ अध्ययनको लागि २ लाख ११ हजार सम्मको छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

त्यस्तै, दुर्गम र भूकम्पका कारण अफ्ठेरो अवस्थामा रहेका जाजरकोट र रुकुम पश्चिम जिल्लाका विद्यार्थीहरूलाई इन्जिनियरिङ अध्ययनको लागि सहज होस् भन्ने उद्देश्यले उक्त छात्रवृत्ति दिन लागिएको सगरमाथा कलेजका प्रिन्सिपल ई.रमेश श्रेष्ठको भनाइ रहेको छ ।

उक्त छात्रवृत्ति सरकारले तोकेको दुर्गम जिल्ला, सरकारी विद्यालयमा अध्ययन गरेका र प्लस टुमा ‘ग्रेड ए’ माथि नतिजा प्राप्त गरेका विद्यार्थीहरूको हकमा पनि छात्रवृत्ति दिने कलेज प्रशासनले बताएको छ भने सो कलेजमा सञ्चालित सबै सङ्कायमा भर्ना हुने सबै छात्राहरूलाई अतिरिक्त रु.३० हजार बराबरको छात्रवृत्तिको व्यवस्था गरिएको छ ।

त्यसैगरी, सानेपास्थित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सगरमाथा इन्जिनियरिङ कलेजमा हाल तीन विषय बीई सिभिल, बीई इलेक्ट्रोनिक्स कम्युनिकेसन इन्फर्मेटिभ इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ अध्यापन गराउँदै आएको छ भने आइटी कोर्सहरूमा बीई सीएसआईटी र बीसीएस पनि सञ्चालनमा छ ।

 


प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?